चिलिमे हाइड्रोपावरको नाफा ८.९ प्रतिशत बढ्यो

चिलिमे हाइड्रोपावर कम्पनीको नाफा ८.९ प्रतिशत बढेको छ ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५० करोड ७८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४६ करोड ६२ लाख रुपैयाँ थियो ।

बिज्ञापन

कम्पनीको विद्युत् बिक्री आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ७८ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८२ करोड ४९ लाख रुपैयाँ छ । नाफा बढे पनि प्रतिसेयर आम्दानी बढ्न सकेको छैन । पहिले वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७९ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ७१ पैसा छ ।

बिज्ञापन

कम्पनीको चुक्ता पूँजी बढ्दा प्रतिसेयर आम्दानीमा असर परेको हो । चुक्ता पूँजी पहिले ७ अर्ब ९८ करोड रहेकोमा अहिले ८ अर्ब ७८ करोड रुपैयाँ छ ।  प्रतिसेयर नेटवर्थ घटेको छ । पहिले प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ६० पैसा रहेकोमा अहिले १२८ रुपैयाँ ६१ पैसा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

आचारसंहिता उल्लघन गर्नेलाई अब जिल्लाबाटै डण्डा,सहायक सिडियोलाई दिइयो ‘पावर’

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

बिशेष