नेप्से दोहोरो अंकले गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ ।

बिज्ञापन

साताको कारोबारको अन्तिम दिन आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज नेप्से १२ दशमलव ६० अंकले घटेर २६६१ दशमलव ०८ विन्दुमा रोकिएको हो ।

बिज्ञापन

बिहिबार तीन सय १५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव १४, लगानी शून्य दशमलव शून्य चार, लघुवित्त शून्य दशमलव १३, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार दुई र अन्य समूहको उपसूचक एक दशमलव ८१ प्रतिशतले घटेको छ ।

बिज्ञापन

बिहीबार सबैभन्दा बढी वित्त समूह चार दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् शून्य दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७ र म्युचुअल फण्ड शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ ।

आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, छ्यांदी हाइड्रोपावर र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष