पक्राउ परे व्यापारी कुट्ने,अधिकृतको घाँटी अठ्याउने वडा अध्यक्ष

कर्मचारी र व्यवसायीमाथि हातपात गर्ने जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अधिकृत सातौं तहका कर्मचारी ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका थिए । वडा नम्बर ४ कै व्यवसायीले लेखनाथ सुवेदीलाई हातपात गरेसँगै उनले दिएको किटानी जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

उता हिजोमात्र वडाध्यक्ष पराजुलीले महानगरका कर्मचारीमथि पनि हातपात गरेको कर्मचारीहरुको आरोप छ। कर्मचारीमाथि भएको हातपात भएको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएर सेवा ठप्प पारेका छन्।

बिज्ञापन

पोखरा ४ का वडाध्यक्ष पराजुली नेपाली कांग्रेसको तर्फबाट विजयी बनेका हुन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

मन्त्रिपरिषद्को बैठक जारी

एसईईको नतिजा बेलुका सार्वजनिक गर्ने तयारी

बनुवा घुम्ती फेरि जोखिममा : ठेकेदार र कर्मचारीको लापरबाही

बिशेष