पक्राउ परे व्यापारी कुट्ने,अधिकृतको घाँटी अठ्याउने वडा अध्यक्ष

कर्मचारी र व्यवसायीमाथि हातपात गर्ने जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

पराजुलीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अधिकृत सातौं तहका कर्मचारी ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका थिए । वडा नम्बर ४ कै व्यवसायीले लेखनाथ सुवेदीलाई हातपात गरेसँगै उनले दिएको किटानी जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।

उता हिजोमात्र वडाध्यक्ष पराजुलीले महानगरका कर्मचारीमथि पनि हातपात गरेको कर्मचारीहरुको आरोप छ। कर्मचारीमाथि भएको हातपात भएको भन्दै स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्तिमार्फत् आपत्ति जनाएर सेवा ठप्प पारेका छन्।

बिज्ञापन

पोखरा ४ का वडाध्यक्ष पराजुली नेपाली कांग्रेसको तर्फबाट विजयी बनेका हुन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष