सरकारले एक हजार बढी अस्थायी कर्मचारीहरु थप्ने भएको छ । पछिल्लो मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रमा एक हजार अस्थायी कर्मचारी थप्ने निर्णय गरेको छ। जस अनुसार स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्याङ्कन गर्न आवश्यक जनशक्तिसहित चार सय दुई जनशक्ति थपिन लागेका छन्। त्यसमा अधिकृतस्तरका ५६ तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ थपिने भएका छन्।
बिज्ञापन
यस्तै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा एक सय २९, गेटा अस्पताल धनगढीमा एक सय ४१ र डडेलधुरा अस्पतालमा तीन सय १३ जनाको अस्थायी दरबन्दी समेत स्वीकृत गरेको छ।
बिज्ञापन