प्राधिकरणमा सबै न्यूज पोर्टल ब्लक

नागरिक उड्डयन प्राधिकरणमा सबै अनलाइन न्यूज पोर्टलहरु ब्लक गरिएको छ । अनियमितता प्रकरणमा अख्तियार धाएर बयान दिइरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै अनलाइन न्यूज पोर्टललाई ब्लक गर्न निर्देशन दिएका हुन ।

बिज्ञापन

जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर उनी टंगालमा धाएर बयान दिइरहेका छन् ।

बिज्ञापन

प्रेम बहादुर आले पर्यटनमन्त्री हुँदा बरिष्ठ कर्मचारीहरुलाई पाखा लगाउँदै कनिष्ठ कर्मचारी प्रदीप अधिकारीले त्यहाँ महानिर्देशकको जिम्मेवारी पाएका थिए,०७८ साल माघ १७ गते उनले महानिर्देशकको पदबहाली गरेका थिए । अधिकारी ०६४ सालमा प्राधिकरणमा सातौं तहमा इन्जिनियरका रुपमा सेवा प्रवेश हुन । २०७४ सालमा आठौं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्न सफल भएका थिए ।

नागरिक उड्डयन प्राधिकरणमा १२ औं तहका कर्मचारी भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डेय, देवचन्द्र लाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर कार्यरत छन् । उनीहरुलाई बाइपास गर्दै मन्त्री आलेले ११औं तहमा कार्यरत कनिष्ठ प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरिएको थियो । यस अघि विभिन्न विमानस्थलमा कार्यालयमा बसेर अकुत आर्जन गरेको र भ्रष्टाचार गरेको आरोपमा उनीमाथि मुद्धामाथि मुद्धाको चाङ छन् ।

बिज्ञापन

त्यही बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । टंगाल स्रोतका अनुसार अधिकारीलाई शुक्रबार अन्तिम बयानका लागि त्यहाँ डाकिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार,नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्तिम बयानका लागि बिहान साढे १० बजे टंगालस्थित कार्यालयमा पुगेका थिए । त्यहाँ झण्डै दुई घण्टा समय बिताएर फर्किएका उनले बबरमहलमा पुगेर कार्यालयमा कुनै पनि अनलाइन न्यूज पोर्टल नचल्ने बताउन प्राविधिक फाँटका कर्मचारीहरुलाई निर्देशन दिएका हुन ।

महानिर्देशक अधिकारीले आईटी शाखाका कर्मचारीहरुलाई बोलाएर प्राधिकरणका कुनै पनि कम्प्युटर र इन्टरनेटमा अनलाइन न्यूजपोर्टल नखुल्ने बनाउन निर्देशन दिएसँगै अस्तिदेखि त्यहाँ सबै न्यूज पोर्टल ब्लक गरिएको प्राधिकरण स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।