शाखा अधिकृत,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,इञ्जिनियर,लेखापालदेखि उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरुलाई भ्रष्टाचार मुद्धा चलाएको छ ।
अख्तियारले कृषि सडक बनाउँदा मिलेमतोमा आठ लाख भ्रष्टाचार गरेको अभियोगमा अप्रशासकीय अधिकृतदेखि उपभोक्ता समितिका अध्यक्ष हुँदै वडाध्यक्षसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त–सम्झौताविपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको प्रतिवेदन बनाउँदै भ्रष्टाचार गरेका ठहर गर्दै सर्लाहीको धनकौल गाउँपालिकामा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी, वडा नम्बर–६ का वडाध्यक्ष श्यामबाबु साह गरी ९ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

सडक निर्माणक्रममा झुटा भर्पाइ बनाउँदै सात लाख ७९ हजार २०५ रुपैयाँ भ्रष्टाचार गरिएको ठहरसहित ती प्रतिवादीहरुलाई कैद र जरिवानाको मागदावी गर्दै आज अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बागमती प्रदेशको बजेट : अति विपन्नलाई घर,पत्रकारका लागि एक करोड बजेट

जिल्लास्तर र अन्तर स्थानीय तह शिक्षक सरुवामा रोक

क्षमायाचना

मधेस प्रदेशका कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि

सञ्चयकोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रस्ताव

बहालवाला सचिव- सहसचिवलाई अनिवार्य अवकाश, ‘छड्के सचिव’ भित्र्याउने प्रस्ताव

स्वैच्छिक अवकाशको आकर्षण र निजामती सेवाको अदृश्य क्षति

बिशेष