शाखा अधिकृत,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत,इञ्जिनियर,लेखापालदेखि उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरुलाई भ्रष्टाचार मुद्धा चलाएको छ ।
अख्तियारले कृषि सडक बनाउँदा मिलेमतोमा आठ लाख भ्रष्टाचार गरेको अभियोगमा अप्रशासकीय अधिकृतदेखि उपभोक्ता समितिका अध्यक्ष हुँदै वडाध्यक्षसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारले कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त–सम्झौताविपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको प्रतिवेदन बनाउँदै भ्रष्टाचार गरेका ठहर गर्दै सर्लाहीको धनकौल गाउँपालिकामा गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी, वडा नम्बर–६ का वडाध्यक्ष श्यामबाबु साह गरी ९ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

सडक निर्माणक्रममा झुटा भर्पाइ बनाउँदै सात लाख ७९ हजार २०५ रुपैयाँ भ्रष्टाचार गरिएको ठहरसहित ती प्रतिवादीहरुलाई कैद र जरिवानाको मागदावी गर्दै आज अख्तियारले विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य प्रशासन सचिव पन्थद्वारा राष्ट्रिय किताबखानाको आकस्मिक निरीक्षण

निजामती प्रशासन , गुणात्मक वा सङ्ख्यात्मक लाभ

पोखरा विमानस्थलमा १० अर्बको भ्रष्टाचार,यी आठ कर्मचारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिस

सामान्य प्रशासनको तीन महिनाको प्रगति : १०६० को सरुवा,३६१ जना बढुवा

शाखा अधिकृत,इञ्जिनियर,लेखापालसहित ९ विरुद्ध भ्रष्टाचार मुद्धा

६३ एसपीको सरुवा (सूचीसहित)

पति फेर्दै हिड्ने अनमीको पराजय,१२ बर्षपछि उपसचिवले पाए न्याय

पुरस्कार दिने सालो,थाप्ने भिनाजु

बिशेष