प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

नेपालमा अहिलेसम्म सबैभन्दा बढी विश्वसनीय कुनै संस्था छ भने त्यो हो लोकसेवा आयोग ।आयोगको परीक्षा निश्पक्ष हुने विश्वाश छ । तर पछिल्लो समयमा आयोग समेत विवादित बन्न थालेको छ । आयोगका आयुक्तहरुकै सेटिंग हान्नेदेखि नक्कली परीक्षार्थीहरुका बिगबिगीका कारण आयोग विवादमा पर्न थालेका छ ।

बिज्ञापन

पढ्नमा गोबर गणेश र धनी बुवा आमाका सन्तानले पैसा पेलेर खेताला परीक्षार्थी बनाउन थालेसँगै लोकसेवाका लागि समेत टाउको दुखाईको बिषय हुन थालेको छ । जसमध्ये यस्तै केही खेताला परीक्षार्थीहरु पक्राउ परेका छन् । प्रहरी जवानका लागि लिइएको परीक्षामा एउटै परीक्षा केन्द्रबाट ६ जना खेताला उमेद्धार पक्राउ परेका छन् । उनीहरुलाई मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ गरिएको हो ।

बिज्ञापन

सो परीक्षा केन्द्रमा प्रहरी जवानका परीक्षा हुँदै थियो । दोलखा, जिरी नपा ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर नगर पालिका वडा नं ५ घर भई हाल काठमाडौं जिल्ला माछापोखरी बस्ने २२ बर्षको मनोज शर्मा, दैलेख, भैरवी गापा ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल रहेका छन् । जसमध्ये शाही त काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु सचिव समेत रहेको खुलेको छ । उनले नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 

बिज्ञापन

उता,पोखरामा समेत उसैगरी अर्काे नक्कली परीक्षार्थी पक्राउ परेका छन् । परीक्षामा दर्ता नं ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा छानबिन गर्दा ज्ञानुता विश्वकर्मालाई खेताला उमेद्धार बनाइएको पाइएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनलाई शिक्षा ऐनसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष