२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले प्रशासन सेवाका १९ ,शिक्षा सेवाका १,इञ्जिनियरिङ सेवाका २,विविध सेवाका ३ गरी २५ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार ७ अधिकृतहरु गृहमा प्रवेश पाएका छन् । विभिन्न मन्त्रालय वा निकायबाट गृहमा इन्ट्री भएका अधिकृतहरुमा उद्योगबाट महेन्द्र सिंह रावल,यातायात व्यवस्था सेवा कार्यलय सुर्खेतबाट बम बहादुर नेपाली,स्वास्थ्य सेवा विभागबाट शितल बहादुर रावल,सूचना तथा प्रशारण विभागबाट विनोद रोक्का,सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट प्रदीप गिरी,संष्कृति मन्त्रालयबाट मानबहादुर सारु र सामान्यको अतिरिक्त समूहमा रहेका प्रकाश पौडेल रहेका छन् ।

बिज्ञापन

यस्तै,आर्युवेद चिकित्सालय नरदेवीबाट केशव ज्ञवाली र अख्तियारबाट टासी शेर्पा र शिवराम महर्जनलाई संष्कृति मन्त्रालयमा सरुवा हुँदा जिप्रका सिन्धुपाल्चोकबाट रुद्र वीर कार्की र रेल विभागबाट शैलेन्द्र ढकाल निर्वाचन आयोगमा पुगेका छन् । वाणिज्य आपूर्ति विभागबाट गिरीराज मिश्र अर्थमा सरुवा हुँदा सर्वदल शाही कर्णाली लोकसेवा आयोगबाट युवा तथा खेलकुद,वन तथा वातावरणबाट सुसिल पकुवाल उद्योगमा सरुवा भएका छन् ।

सूची अनुसार,योगेश्वर खत्रीलाई कर्णाली प्रदेशबाट शिक्षा मन्त्रालयमा ल्याइएको छ भने नापी कार्यालय पर्वतबाट सुस्मिता सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी,संगीता थापालाई महिला आयोगबाट महिला मन्त्रालयमा लगिएको छ ।

बिज्ञापन

कृष्णराज रेग्मीलाई जिप्रका सर्लाहीबाट भौतिक मन्त्रालय,कान्ति बाल अस्पतालबाट डमरु दाहाललाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिँदा तोप लाल भुषाल नारायणहिटी दरबार संग्रालयबाट श्रम,सहकारी विभागबाट प्रेम शर्मालाई स्वास्थ्य मन्त्रालय र स्वास्थ्यबाट फणिन्द्र गिरीलाई भूमि मन्त्रालयमा लगिएको छ ।

यस्तै लेखबहादुर बस्नेतलाई मर्चवारी गाउँपालिकाबाट सामान्यको अतिरिक्त समूहमा तानिँदा देवी जोशी जिसस कैलालीबाट पूर्वीचौकी गाउँपालिका डोटीमा कामकाज सरुवा भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शिक्षा स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज, १५ दिनभित्र फिर्ता गर्नुेपर्ने

कप्तानगञ्ज घटना : सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

बिशेष