६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)

नेपाल प्रहरीका ६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा भएका छन् । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ ६१ जनालाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

प्रहरी निरीक्षक पदमा बढुवाका लाग गरिएको सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार गरिएको जनाएको छ । लामो तयारीपछि प्रकाशित बढुवा सिफारिसमा २०५८ सालदेखि २०६१ सालमा भर्ना भएका असई टोली इन्स्पेक्टरमा बढुवा भएका छन् ।

बिज्ञापन

२०८१  साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत छन् ।

यद्यपि, पछिल्लो टोलीबाट थुप्रै वरिष्ठ सई बढुवामा छुटेका छन् । नेपाल प्रहरीमा इन्स्पेक्टर बढुवायोग्य वरिष्ठ सईको संख्या १ हजारभन्दा बढी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष