तीन महिनामै मालपोत प्रमुख परिवर्तन गर्न विचौलियाको दौडधूप

पछिल्लो समय एक जना उपसचिवको बिषयलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक पूर्वमन्त्रीले धर्ना नै दिएर बसेको बिषयले अहिले मन्त्रालय तातेको हो ।

बिज्ञापन

यसरी आफू अनुकुलको उपसचिवलाई कार्यलय प्रमुख बनाएर खटाउनका लागि पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पछिल्लो सातामा पाँच पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेटघाट गरिसकेकी छिन् ।

बिज्ञापन

उनीहरुको भेटघाटको कारण, मालपोत कार्यालय कास्कीका कार्यालय प्रमुख चिरञ्जीवी पौडेललाई हटाउन र आफू अनुकुलका कर्मचारी पठाउनु रहेको स्रोतको दावा छ ।
भाट,राणा,शाह हुँदै थकालीहरुको नाममा रहेको जग्गा छ,पोखरा बाटुलेचौरमा । कास्कीमा रहेको झण्डै १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैंचा प्रकरणमा आफू अनुकुलको निर्णय गराउनका लागि विचौलियाहरुको समूहले पूर्व मन्त्री रञ्जितादेखि  सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासम्मलाई प्रयोग गरिएको भेटिएको छ ।

तीन महिना अगाडिमात्र सो कार्यालयको नेतृत्व सम्हालेका पौडेललाई हटाएर त्यहाँ मालपोत कार्यालय लमजुङमा कार्यरत रामचन्द्र अधिकारीलाई पठाउने गरी विचौलियाहरुले दौडधूप तिव्र पारेका छन् । रामचन्द्र दुई बर्ष भन्दा लामो समय सोही कार्यालयको नेतृत्व गरेर हाल लमजुङ मालपोतमा सरुवा भएका छन् । आफू सरुवा भएसँगै उक्त सरुवाको निर्णय विरुद्ध पोखरा उच्च अदालतमा रिट दायर गरेका थिए तर अदालतले स्टे अर्डर नदिएपछि उनी सरुवा भएर लमजुङ पुगेका हुन । मुद्धा उच्च अदालतमा विचराधिन छ । रामचन्द्रले स्टे अर्डर नपाए पछि त्यहाँको कार्यालय प्रमुखको रुपमा पुस २६ देखि कार्यरत छन्,चिरञ्जिवी पौडेल ।

बिज्ञापन

विचौलियाहरुको एउटा समूहले पूर्व मन्त्री रञ्जिता श्रेष्ठ र वर्तमान  सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता,सामान्य प्रशासन सचिव रविलाल पन्थहरुलाई दवाव र प्रभावमा पारेर त्यहाँका हाकिम परिवर्तन गर्ने खेलोमेलो चलाइरहेको छ ।

यो खेलोफड्कोमा उदयपुर घर भएका चर्चित विचौलिया प्रमोद खड्का अग्रसर भएर लागेको भूमि मन्त्रालय स्रोतले जनाएको छ ।प्रमोदलाई भूमिसुधारको चर्चित विचौलियाका रुपमा चिन्छन,मन्त्रालयका अधिकारीहरु । उनका वास नै संघीय मामिला र भूमि मन्त्रालयमा हुने गरेको भेटिन्छ ।

यता यो बिषयमा पूर्व मन्त्री रञ्जिता श्रेष्ठसँग जिज्ञासा राख्दा ‘पछिल्ला दिनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग बाक्लै भेटघाट हुनुको पछाडि राजनीतिक र अन्य बिषय बस्तु रहेको’ प्रष्टाइन । उनले भनिन,’तराई मधेश सम्बृद्धि कार्यक्रमका बिषयमा उहाँसँग भेटघाट र कुराकानी भएको हो । पोखरा मेरो निर्वाचन क्षेत्र पनि होइन त्यहाँ कर्मचारी पठाउन मैले किन दबाब दिने ? यो सबै गलत बिषय हो ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष