घुस लिने र दिने दुबैलाई प्रतिवादी बनाएर अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का वडासचिव प्रभात लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । घुस बुझेर एउटै व्यक्तिको दोहोरो जन्मदर्ता बनाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको छ ।

बिज्ञापन

आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अयोगले वडा सचिव प्रभात लामिछाने र सोही वडा निवासी दिनेश लामिछानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको आरोपमा उनीहरुलाई अख्तियारले मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारका अनुसार, वडासचिव लामिछानेले जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याइदिने भन्दै दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि हुन आएको जनाएको छ ।

अख्तियारका अनुसार वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको भेटिएसँगै उनीहरु विरुद्ध मुद्धा चलाएको हो । लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुन दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ।  दुवैजनामाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

बिज्ञापन

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम साढे दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष