घुस लिने र दिने दुबैलाई प्रतिवादी बनाएर अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ का वडासचिव प्रभात लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । घुस बुझेर एउटै व्यक्तिको दोहोरो जन्मदर्ता बनाएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको छ ।

बिज्ञापन

आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अयोगले वडा सचिव प्रभात लामिछाने र सोही वडा निवासी दिनेश लामिछानेविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको हो। जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको आरोपमा उनीहरुलाई अख्तियारले मुद्धा चलाएको हो ।

बिज्ञापन

अख्तियारका अनुसार, वडासचिव लामिछानेले जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याइदिने भन्दै दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि हुन आएको जनाएको छ ।

अख्तियारका अनुसार वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको भेटिएसँगै उनीहरु विरुद्ध मुद्धा चलाएको हो । लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुन दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ।  दुवैजनामाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

बिज्ञापन

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम साढे दुई लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समितिबाट पारित भएको निजामती विद्येयक २ सातासम्म गुपुचुप,मंगलबार प्रतिनिधि सभामा पेश गर्ने तयारी

राप्रपा नेपालका अध्यक्ष थापा पक्राउ

बीमा वोर्डले माग्यो १८० मेडिकल अधिकृत

सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

२ अर्ब ५० करोड हिनामिनामा मुछिएका बैंकका अध्यक्ष पक्राउ

देउवा निवासमा कर्मचारी युनियनको घेराउ, निजामती विधेयकमा ६ बुँदे सुधारको माग

२१ शाखा अधिकृतको सरुवा {सूचीसहित}

कुलिङ पिरियड राख्ने बिषयमा मध्यराती वालुवाटारमा यसरी जुट्यो सहमति

बिशेष