सेवा निवृत कर्मचारीको उपदान भुक्तानीको अवधि दुई महिना थप

सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीहरुको उपदान भुक्तानीको अवधि थप दुई महिना थप भएको छ । महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त कर्मचारीहरुको उपदानको भुत्तानीको अवधि थप दुई महिना थप गरिएको बिषयमा कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरेको छ ।

बिज्ञापन

सेवाबाट अवकास प्राप्त सरकारी (निजामती, प्रहरी तथा जंगीलगायत) कर्मचारीको अवकासपछिको सेवा सुविधा भुक्तानी अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)हरुबाट हुँदै आएको छ । यस अघि यस्तो भुक्तानी सम्बन्धित कार्यालयबाटै हुँदै अएको थियो ।

बिज्ञापन

यस्तो भुक्तानी बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमै उल्लेख भए अनुसार उपदान , संञ्चित बिदा र औषधी उपचारको रकम माघ महिनासम्मको मात्रै भुक्तानी गर्न भनिएकोमा थप दुई महिनाका लागि अख्तियारी थप भएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई सर्कुलर गरेकोमा बैशाख २० गतेसम्मको लागि अवधी थप गरिएको हो ।

बिज्ञापन

परिपत्रमा भनिएको छ,मिति २०८१ साउन ७ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन बमोजिम सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरुको प्रचलित कानून बमोजिम पाउने उपदान,सञ्चित बिदा,र औषधी उपचार को रकम २०८१ माघ मसान्तसम्म भुक्तानी तथा निकासा दिने र तत् पश्चात् यस कार्यालयको निर्देशन अनुसार गर्नु गराउनु हुन भनी परिपत्र भएकोमा अन्य व्यवस्था सोही परिपत्रमा उल्लेख भए अनुसार गर्ने गरी उक्त अख्तियारीको अवधि २०८२ वैशाख २० सम्म थप गरी पठाईएको व्यहोरा यस कार्यालयको निर्णयानुसार अनुरोध छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष