नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढ्यो : कसले मार्लान बाजी ?

नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद्ले नयाँ गभर्नर चयनका लागि अर्थमन्त्री विष्णु पौडेलका अध्यक्षतामा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा विश्व पौडेल सदस्य रहने गरी एक समिति गठन गरेको छ ।

बिज्ञापन

समितिमा रहेकामध्ये भट्टराई नेपाल राष्ट्र बैंकको तेह्रौ गभर्नर हुन भने डा पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष ।

बिज्ञापन

सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नका लागि मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य तथा कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट एक जनालाई सदस्य बनाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार समिति बनाइएको छ । उक्त गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीन जनामध्ये डेपुटी गभर्नरमध्येबाट एक जनाको नाम सिफारिस गर्नुपर्नेछ । अरु दुई जना भने आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्ति हुनुपर्नेछ ।

समितिले सिफारिस गर्ने तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकको १९ औं गभर्नरका रुपमा नेपाल राष्ट्र बैंकका सल्लाहकार चिन्तामणि सिवाकोटी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्र,राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश कुमार श्रेष्ठ,कार्यकारी निर्देशक डा गुणाकर भट्टका अलवा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट,प्रभु बैंकका सीईओ अशोक शेरचन, नविल बैंकको सिइओ ज्ञानेन्द्र ढुंगानाहरुको नाम चर्चामा छ ।

केही महिनादेखि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले आफूलाई गभर्नरको दाबी गर्दै आएकी छन् ।उनी गभर्नर बनेको खण्डमा नेपाल राष्ट्र बैंकले पहिलो महिला गभर्नर पाउने छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष