‘प्रिपेड घुस’को छानबिन नसकिदैं गुपचुप सिइओ नियुक्ति

६ महिनादेखि रिक्त रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा रुपन्देही ७ का अशोक कुमार पौडेललाई नियुक्ति गरिएको छ । रिक्त रहेको लिमिटेडमा नियुक्तिका लागि २३ असोज २०८० मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । उक्त सूचनापछि ४ पुससम्म आठजना सर्ट लिस्टेड भएका थिए । तिनमा इन्जिनियर अर्जुनबाबु ढकाल, अशोककुमार पौडेल, इन्जिनियर उमेशबाबु मरहट्टा, डा इन्जिनियर डोलप्रसाद चापागाईं, इन्जिनियर दीपेन्द्रकुमार देव, प्रकाशकुमार राई, इन्जिनियर रमेश केसी र राजेन्द्र श्रेष्ठ रहेका थिए ।

बिज्ञापन

केयूकेएलको सीईओका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ, व्यवस्थापन, वित्त, वाणिज्य तथा सार्वजनिक प्रशासनमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर गरेको र कुनै सरकारी संस्था वा प्रचलित कानुन बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृत स्तरको पदमा कम्तीमा १० वर्ष कार्य गरेको अनुभव हासिल गरेको हुनुपर्ने योग्यता तोकिएको थियो । ती आठ जनामध्ये अशोककुमार पौडेलले सबैभन्दा धेरै ७२ दशमलव १४ अंक प्राप्त गरी उनी नै सिइओ छानिएको जनाइएको छ । यस्का अलवा इन्जिनियर उमेशबाबु मरहट्टाले ७१ दशमलव ०१, इन्जिनियर डोलप्रसाद आचार्यले ७० दशमलव ८८, इन्जिनियर अर्जुनबाबु ढकालले ७० दशमलव २१, राजेन्द्र श्रेष्ठले ६९ दशमलव २९, इन्जिनियर रमेश केसीले ६९ दशमलव १२ र प्रकाशकुमार राईले ६६ दशमलव ९१ अंक पाएको जनाइएको छ ।

बिज्ञापन

यता सिइओ नियुक्ति प्रक्रिया अगाडि बढिरहँदा सञ्चालक समिति सदस्यहरुमाथि एडभान्स घुस लिएको आरोप अख्तियारमा पुगेको थियो । गत ११ पुसमै केयूकेएलमा आर्थिक प्रभावमा परी सीईओ नियुक्त गर्न लागिएको भन्दै अख्तियारमा उजुरी दर्ता भएको थियो । उजुरीकर्ताले अख्तियारमा दिएको उजुरीमा ‘केयुकेएलका ६ जना सञ्चालकले जनही ५ लाख रुपैयाँका दरले ३० लाख एडभान्स घुस बुझिलिई सीईओ पदमा नियुक्त गर्न लागेको आरोप लगाइएको थियो ।एडभान्स घुस दिएर सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाइएको भन्दै प्रकरण टंगालसम्म पुगेपछि अख्तियारले खानेपानी मन्त्रालयलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको थियो । सो सँगै मन्त्रालयले यस सम्बन्धमा छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको छ,उता सिइओ नियुक्ति भइसकेका छन् ।

मन्त्रालयले खानेपानी तथा ढल निकास विभाग उपमहानिर्देशक माधव तिवारीको संयोकजत्वमा सिनियर डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठ र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाल सदस्य रहेको छानबिन समिति बनाएर काम गरिरहेको छ । समयमै छानबिन नसकिएपछि थप समय लिएर समितिले काम अगाडि बढाइरहेको छ तर केयूकेयलले भने मन्त्रालयले गठन गरेको छानबिन समितिलाई लत्याउँदै केयूकेएल सञ्चालक समितिले ९ फागुनमा सीईओ नियुक्ति गरिसकेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।