‘भेष्पा/आप्रिला’ स्कुटरको आधिकारिक बिक्रेता अब बुटवलमा पनि

ऋषि भट्टराई
बुटवल । नेपालका लागि ‘भेष्पा ÷अप्रिला’ स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि. ले आजदेखि बुटवल कालिकानगर स्थित नयाँ शोरुम संचालनमा ल्याएको छ ।  डेल्टा अटोकर्प प्रा.लि. ले नयाँ डिलर गैरे अटोमोबाईल्स मार्फत बिक्री शुभारम्भ गरेको हो । बुटवल क्षेत्रमा बढदै गएको ‘भेष्पा÷ आप्रिला’ स्कुटरको मागलाई मध्य नजर गरी नयाँ डिलरशीप शुरु गरिएको कम्पनीले जनाएको छ ।

बिज्ञापन

डेल्टा अटोकर्प प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो र गैरे अटोमोबाईल्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हुन् । गैरे अटोमोबाईल्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय ‘भेष्पा /आप्रिला’ स्कुटरको सेल्स, सर्भिस र स्पेयर्सका साथै एक्सचेन्जका साथमा फाइनान्सको पनि सुविधा पाउनेछन् । कम्पनीका प्रमुख कार्यकरी अधिकृत तथा निर्देशक विजय कुमार महतोले शोरुमको शुभारम्भ गर्दै बुटवलबाट सेवा दिन पाएकोमा खसी व्यक्त गरे । उनले भने,बुटवलमा नयाँ शोरुम विस्तारसँगै ग्राहकले सजिलै ‘भेष्पा/आप्रिला’ स्कुटर खरिद गर्नुको साथै छिटो छरितो सर्भिसङ्ग सुविधा पाउनुका साथैं स्पेयर्स पार्ट्सको सजिलै सेवा पनि लिन सक्नेमा आफू विश्वस्थ रहेको ।

बिज्ञापन

बिक्री शुभारम्भ कार्यक्रममा पहिलो दिनका लागि ‘भेष्पा- आप्रिला’ स्कुटी खरिद गर्नेलाई प्रति स्कुटी रु. १०,०००/ बराबरको नगद छुटका साथै एक थान ब्रान्डेड हेलमेट उपहार प्रदान गरिने पनि कम्पनीले जनाएको छ । शोरुम शुभारम्भ गर्दै गैरे अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले ग्राहकहरु माझ बढ्दै गएको ‘भेष्पा ÷ आप्रिला’ को लोकप्रियतालाई मध्य नजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको सुनाए । उनले ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति तर्फ निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न गैरे अटोमोबाइल्स प्रतिबद्ध रहेको जनाए । ‘गैरे प्रतिष्ठान प्रालि ’ ले गत बर्ष रोयल इनफिल्ड हण्टर ३५० र रोयल इनफिल्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि लञ्च गरि सकेको बरिष्ठ म्यानेजर ध्रुव सापकोटाले बताए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

निर्वाचनको समयमा सामान्य प्रशासनमा २५ बढी सहसचिव जिम्मेवारीविहीन, हाजिर गरेर घाम ताप्दै

फ्लेस : आधुनिक मानव अस्तित्वको नाङ्गो दस्तावेज

अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

सिंहदरबारमा आगो लगाउनेलाई धमाधम उन्मुक्ति

भौतिक मन्त्रालयद्वारा तीन सुईहरुको पदस्थापन

इतिहासकै ठूलो भ्रष्टाचार मुद्धा : पूर्व सचिव र सहसचिवलाई साधरण तारेखमा रिहा गर्न आदेश

चुनावी प्रचारमा लाग्ने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने आयोगको चेतावनी

बिशेष