ऋषि भट्टराई
बुटवल । नेपालका लागि ‘भेष्पा ÷अप्रिला’ स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रा.लि. ले आजदेखि बुटवल कालिकानगर स्थित नयाँ शोरुम संचालनमा ल्याएको छ । डेल्टा अटोकर्प प्रा.लि. ले नयाँ डिलर गैरे अटोमोबाईल्स मार्फत बिक्री शुभारम्भ गरेको हो । बुटवल क्षेत्रमा बढदै गएको ‘भेष्पा÷ आप्रिला’ स्कुटरको मागलाई मध्य नजर गरी नयाँ डिलरशीप शुरु गरिएको कम्पनीले जनाएको छ ।
बिज्ञापन
डेल्टा अटोकर्प प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय कुमार महतो र गैरे अटोमोबाईल्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हुन् । गैरे अटोमोबाईल्सको नयाँ शाखाबाट ग्राहकले विश्वस्तरीय ‘भेष्पा /आप्रिला’ स्कुटरको सेल्स, सर्भिस र स्पेयर्सका साथै एक्सचेन्जका साथमा फाइनान्सको पनि सुविधा पाउनेछन् । कम्पनीका प्रमुख कार्यकरी अधिकृत तथा निर्देशक विजय कुमार महतोले शोरुमको शुभारम्भ गर्दै बुटवलबाट सेवा दिन पाएकोमा खसी व्यक्त गरे । उनले भने,बुटवलमा नयाँ शोरुम विस्तारसँगै ग्राहकले सजिलै ‘भेष्पा/आप्रिला’ स्कुटर खरिद गर्नुको साथै छिटो छरितो सर्भिसङ्ग सुविधा पाउनुका साथैं स्पेयर्स पार्ट्सको सजिलै सेवा पनि लिन सक्नेमा आफू विश्वस्थ रहेको ।
बिज्ञापन
बिक्री शुभारम्भ कार्यक्रममा पहिलो दिनका लागि ‘भेष्पा- आप्रिला’ स्कुटी खरिद गर्नेलाई प्रति स्कुटी रु. १०,०००/ बराबरको नगद छुटका साथै एक थान ब्रान्डेड हेलमेट उपहार प्रदान गरिने पनि कम्पनीले जनाएको छ । शोरुम शुभारम्भ गर्दै गैरे अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रेमराज गैरेले ग्राहकहरु माझ बढ्दै गएको ‘भेष्पा ÷ आप्रिला’ को लोकप्रियतालाई मध्य नजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको सुनाए । उनले ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति तर्फ निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न गैरे अटोमोबाइल्स प्रतिबद्ध रहेको जनाए । ‘गैरे प्रतिष्ठान प्रालि ’ ले गत बर्ष रोयल इनफिल्ड हण्टर ३५० र रोयल इनफिल्ड हिमालयन स्क्रयाम ४११ मोडलको मोटरसाइकल र रोयल इनफिल्ड मेटेओर बाइक पनि लञ्च गरि सकेको बरिष्ठ म्यानेजर ध्रुव सापकोटाले बताए ।