वन कार्यालयका प्रमुख र सहायक वन अधिकृत महतो बेपत्ता

डिभिजन वन कार्यालय रौतहटका प्रमुख डिएफओ र एकजना सहायक वन अधिकृत नेकपा एमाले निकट युवा संघको कारण कार्यालय छाडेर बेपत्ता भएका छन् । युवा संघको कारण डिएफओ शैलेन्द्रकुमार मिश्र र सहायक वन अधिकृत सुरेश महतो बिहीबारदेखि बेपत्ता भएका हुन्।

बिज्ञापन

रौतहटको चन्द्रपुर २ मा रहेको राष्ट्रिय वनमा दुई महिना पहिला दर्जनौं काँचा खयरका रुख कटान भएपछि स्थानीय बासिन्दा तथा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिक्रम लामाले स्थानीय संचारकर्मी बोलाएर खयर कटान भएको स्थान देखाएका थिए। लामालाई गत बुधबार डिभिजन वन कार्यालय चन्द्रनिगाहापुरमा गएको बेला पक्राउ गरेर वनको हिरासतमा राखेपछि कार्यालय प्रमुख मिश्र र सहायक वन अधिकृत महतो एकाएक बेपत्ता भएका हुन् ।

बिज्ञापन

नेकपा एमालेका नेता कार्यकर्ता नियमित रुपमा वन कार्यालयमा गएर लामा पक्राउको विषयलाई लिएर नाराबाजी गर्न थालेपछि दुबै जना कार्यालय छाडेर हिँडेका हुन्। लामालाई सहायक वन अधिकृत महतो र महादेव स्थान सामुदायिक वनका अध्यक्ष केशव पुलामीको मिलेमतोमा सामुदायिक वनको लेटरप्याडमा खयर फँडानीमा लामाको संलग्नता रहेको भन्दै लिखित दिएपछि उनी पक्राउ परेका थिए ।

हाल वनको हिरासतमा रहेका लामाले सो सामुदायिक वनमा रहेको २२ क्युफिट काठ गोप्य रुपमा बिक्री गर्न लागेको र त्यो काठ आफूहरूले समेत खरिद गर्न पाउनुपर्ने भन्दै टेण्डर फर्म माग गर्न थालेका कारण पहिलाको खयरको रिस र यो दुबै रिस साँध्नका लागि पक्राउ गरेको पाइएको नेकपा एमालेका जिल्ला सचिव बाबुराम दाहालले बताए। एमालेको प्रेसर सहन नसकेर मिश्र र महतो कार्यालय छाडेर भागेपछि रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीयले बताएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष