अर्थका १४ सहसचिवहरुको सरुवा

अर्थ मन्त्रालयले १४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिज्ञापन

मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्राललयको कर्मचारी प्रशासन महाशाखा सम्हाल्दै आएका मदन दाहाल तथा भन्सार विभागको जिम्मेवारी अर्थका प्रवत्ता तथा योजना अनुगमन मूल्यांकन शाखा हेर्ने सहसचिव महेश भट्टराईलाई जिम्मेवारी दिएर खटाएको छ ।

बिज्ञापन

यस्तै वित्तीय व्यवस्थापन समन्वय महाशाखाका थानप्रसाद पंगेनी प्रशासन महाशाखामा कार्यरत सरुवा भएका छन् भने शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रबाट आर्थिक नीति विश्लेषण महाशाखामा पुगेका छन् ।

त्यस्तै मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव महेश आचार्य सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुखका रुपमा खटाइएको छ भने प्रमुख जिल्ला अधिकारीबाट गृहमा भित्र्याइएको तिर्थराज चिलुवाललाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशकको रुपमा खटाइएको छ ।
महिला आयोगबाट अर्थमा भित्र्याइएको पार्वती अर्याललाई प्रमुख भन्सार जाँचपास परीक्षकको रुपमा खटाइएको छ । त्रिवि भन्सार महेश वराललाई अर्थ मन्त्रालयमा वित्तिय संघीयता समन्वय महाशाखामा ल्याइएको छ भने युमना प्रधानलाई सहमहालेखा नियन्त्रक,गोपीकृष्ण कोइराला सार्वजनिक ऋृण व्यवस्थापन कार्यालयमा प्रमुखको रुपमा खटाइएको छ ।
यस्तै,अमृत लम्साललाई भन्सार विभागको उपमहानिर्देशक,श्याम भण्डारीलाई मन्त्रालयको योजना,मूल्यांकन शाखा र हालै अर्थमा सरुवा भइ आएका श्रीचन्द्र साह आन्तरिक राजश्व विभागमा पदस्थापन भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष