मधेशका स्थानीय तह: सुब्बाले हाँक्छन् पालिका

मधेश प्रदेशमा शाखा अधिकृतको दरबन्दी रहेको ठाउँमा नायब सुब्बाले नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहेका छन् । मधेश प्रदेशमा जम्मा १३६ वटा स्थानीय तहमा ७५ स्थानीय तह निमित्तकै भरमा रहेको छ।

बिज्ञापन

३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ वटा गाउँपालिका रहेको यस प्रदेशमा ३ उपमहानगरपालिकामा उपसचिव, ७३ नगरपालिका मध्ये ५५ मा शाखा अधिकृत र ५९ गाउँपालिकामध्ये २० वटामा सुब्बाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृतको राज हटाउने भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जति खोके पनि कार्यन्वयनमा उस्तै ताल देखिन्छ । केन्द्रले खटाएका प्रशासकीय अधिकृतलाई अनेकन नाममा लखेट्ने र निमित्त दिएर लुट्ने धन्दा अहिले स्थानीय तहमा चलिरहेको छ । सामान्य प्रशासनकै तथ्यांक अनुसार अहिले मुलुकभरका एक तिहाई अर्थात २४६ पालिका निमित्तकै भरमा चलिरहेका छन् । जसमा सबैभन्दा धेरै नगरपालिकामा निमित्तको राज छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहसचिव,उपसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्धा

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

बिशेष