प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट,न्याय खोज्दा उल्टै गोली हान्ने धम्की

मधेश प्रदेशको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले नै गोली हान्ने धम्की दिएको घटना बाहिरिएको छ ।

बिज्ञापन

एक दशक बढी राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रही दुई महिना अगाडिमात्र धनुषाको विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका दीपेन्द्र कुमार साहलाई मेयर बेचन दासको छोरा राम भजन दासले गाली गलौच,कुटपिट गरेपछि न्याय खोज्दै प्रहरी र प्रशासनमा पुगेका उनै कर्मचारीलाई मेयरले उल्टै गोली हान्ने धम्की दिएको भन्दै उनले जिल्ला प्रशासनदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ पठाएका छन् ।

बिज्ञापन

शिक्षा सेवा आयोगबाट सिफारिस भएका निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराइएको बिषयमा मेयरका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई तैले यसलाई किन हाजिर गराइस, धाक धम्की, गाली गलौज गर्नुका साथैं प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा कुटपिट समेत गरिएको जनाइएको छ ।

मेयर विदेशमा भएको समयमा प्रमुख प्रशासकीय अधिकृतले सामाजिक शिक्षिकालाई हाजिर गरेको बिषयमा लफडा निस्किएको हो । सोही बिषयलाई लिएर मेयरका छोराले कुटपिट,धाक,धम्की दिए पछि सो को जानकारी धनुषा प्रहरी प्रमुखलाई समेत दिइएको उनले जनाएका छन् ।

बिज्ञापन

यो प्रकरणमा जोडिएका मेयरका पुत्रलाई कारवाही गर्न माग गर्दा उल्टै मेयरले दुई प्रहरी जवान विकास बस्नेत र विकाश कुमार रायका अलवा वडा अध्यक्ष राज किशोर सिंहकै अगाडि मलाई गाली गर्नेलाई गोली हान्छु एवम् मलाई कुनै कानुनले रोक्न सक्दैन भनेर धम्की दिएको भन्दै उनले आफूलाई कुटपिट गर्ने राम भजन दास र गोली हान्ने धम्की दिने मेयर बेचन दासलाई पक्राउ गरी उचित कारबाही गर्न तथा मलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्को व्यवस्था नहुने अवधिसम्म शान्ति सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष