प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट,न्याय खोज्दा उल्टै गोली हान्ने धम्की

मधेश प्रदेशको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई मेयरले नै गोली हान्ने धम्की दिएको घटना बाहिरिएको छ ।

बिज्ञापन

एक दशक बढी राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत रही दुई महिना अगाडिमात्र धनुषाको विदेह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका दीपेन्द्र कुमार साहलाई मेयर बेचन दासको छोरा राम भजन दासले गाली गलौच,कुटपिट गरेपछि न्याय खोज्दै प्रहरी र प्रशासनमा पुगेका उनै कर्मचारीलाई मेयरले उल्टै गोली हान्ने धम्की दिएको भन्दै उनले जिल्ला प्रशासनदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बोधार्थ पठाएका छन् ।

बिज्ञापन

शिक्षा सेवा आयोगबाट सिफारिस भएका निमावि सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराइएको बिषयमा मेयरका छोराले प्रमुख प्रशासकीय अधिकृतलाई तैले यसलाई किन हाजिर गराइस, धाक धम्की, गाली गलौज गर्नुका साथैं प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा कुटपिट समेत गरिएको जनाइएको छ ।

मेयर विदेशमा भएको समयमा प्रमुख प्रशासकीय अधिकृतले सामाजिक शिक्षिकालाई हाजिर गरेको बिषयमा लफडा निस्किएको हो । सोही बिषयलाई लिएर मेयरका छोराले कुटपिट,धाक,धम्की दिए पछि सो को जानकारी धनुषा प्रहरी प्रमुखलाई समेत दिइएको उनले जनाएका छन् ।

बिज्ञापन

यो प्रकरणमा जोडिएका मेयरका पुत्रलाई कारवाही गर्न माग गर्दा उल्टै मेयरले दुई प्रहरी जवान विकास बस्नेत र विकाश कुमार रायका अलवा वडा अध्यक्ष राज किशोर सिंहकै अगाडि मलाई गाली गर्नेलाई गोली हान्छु एवम् मलाई कुनै कानुनले रोक्न सक्दैन भनेर धम्की दिएको भन्दै उनले आफूलाई कुटपिट गर्ने राम भजन दास र गोली हान्ने धम्की दिने मेयर बेचन दासलाई पक्राउ गरी उचित कारबाही गर्न तथा मलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा अर्को व्यवस्था नहुने अवधिसम्म शान्ति सुरक्षा साथ काम गर्ने वातावरण मिलाउन अनुरोध गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष