७० लाख खाएको घुसको १२ वर्षमा मुद्दा:- विशेषबाट सफाई

जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले भ्रष्टाचारका दुई मुद्दामा सफाई पाएका छन् । दुई भिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको घूस÷रिसवत र गैरकानूनी सम्पत्ति आर्जनका मुद्दामा उनले सफाइ पाएका हुन् ।

बिज्ञापन

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार यस्तो फैसला गरेको हो । मिश्रविरुद्ध ४ फागुन २०७८ मा घूस र २८ वैशाख २०८० मा गैरकानूनी सम्पत्ति आर्जनका दुई मुद्दा दर्ता भएका थिए । मिश्र घूस लिइ फरार भएपछि अख्तियारमा उजुरी परेको थियो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वर्ष पुरानो घटनाको सम्बन्धमा २०७८ फागुन पहिलो साता विशेष अदालतमा ७० लाख घुस रिसवत लिएको भन्दै मुद्दा दायर गरेको थियो । जिल्ला वन कार्यालय रसुवाको नियन्त्रणमा रहेको रक्तचन्दन लिलाम गरी विक्री गर्ने प्रयोजनका लागि भन्दै तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले लिएको ७० लाख घुस प्रकरणको मुद्दा अख्तियारले १२ वर्षपछि दर्ता गरेको हो ।

उनी सेवा प्रवेश गरेको १० फागुन २०३६ देखि १६ मंसिर ०७० सम्मको अवधिमा आम्दानी र खर्चको विश्लेषण गरेको थियो। उक्त अवधिमा उनको आम्दानी ९६ लाख ६८ हजार देखिएकामा खर्च र लगानी भने एक करोड ६९ लाख २० हजार पाँच सय ३८ रुपैयाँ देखिएको थियो। २०६६ साल असोज महिनामा जिल्ला वन कार्यालय रसुवाका प्रमुख थिए, जलेश्वर नगरपालिका ६, महोत्तरीका विष्णुकान्त मिश्र । उनी २०६७ को मध्यसम्म जिल्ला वन कार्यालय रसुवामा प्रमुख भइ काम गरेका थिए ।

बिज्ञापन

 

त्यतिबेला रक्तचन्दनको मूल्य उच्च भएका कारण रक्तचन्दन लैजान चिनियाँहरु जति रकम पनि खर्च गर्न तयार हुन्थे भने नेपालमा पनि रक्तचन्दनको तस्करी र पक्राउ तथा जफतको शृङ्खला चलिरहेकै थियो ।नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा जिल्ला वन कार्यालय रसुवाले २०६५/६६ सालताका करिब ४ हजार किलोग्राम रक्तचन्दन बरामद गरेको थियो । र, सो रक्तचन्दन लिलामी गरी चीन पठाउने भन्दै केही गिरोहको संलग्नता थियो । कानुनी प्रक्रिया पूरा गरेरै लिलाम बढाबढको नाममा रसुवाबाट करिब ४ हजार किलोग्राम रक्तचन्दन चीन लैजान दिने भन्दै रसुवामा सेटिङ चल्यो । न्युनतम सरकारी मूल्य कबुल गरेर चिनियाँ व्यापारीले ठेक्का कबोल गर्ने र लिलाम प्रक्रिया मिलाइदिए बापत् जिल्ला वन कार्यालय रसुवाका तत्कालीन कार्यालय प्रमुख विष्णुकान्त मिश्रले ७० लाख रुपैयाँ पाउने गरी स्थानीय व्यापारी लाक्पा ग्याल्जेन शेर्पाले सेटिङ गरे ।मिश्र सेवानिवृत्त भइसकेपछि अख्तियारमा उजुरी परेको देखिन्छ ।

मिश्र ०७२ मा सेवानिवृत्त भएका थिए । तर, ०७४ मा मात्र अख्यिारमा उजुरी परेको थियो ।मिश्रविरुद्ध उजुरी परेपछि अख्तियारले हाजिर हुन पटक–पटक पत्र काटेको थियो । तर, अटेरी गरेपछि १४ माघ ०७५ मा मिश्र र उनका छोरालाई ३० दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरेको थियो ।

नेपालमा भारतबाट तस्करी भएर ल्याएको रक्तचन्दन तत्कालीन जिल्ला वन अधिकृत मिश्रले अवैध रूपमा ठेक्कामा बेच्न खोजेका थिए । जब कि, जफत भएको रक्तचन्दन पनि अदालतको आदेशमा वन विभागले मात्र लिलाम बिक्री गर्न पाउँछ । ०६२ मा जफत भई वन कार्यालय रसुवामा बुझाइएका रक्तचन्दनका पाँच सय २१ थान गोलिया ०७३ मा वन विभाग काठमाडौंमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष