रमिता छ अचेल राधेराधेमा

संयोग यस्तो छ कि एउटै यातायात कार्यालयमा तीन जना बस्नेत । तिनै काजीहरुहरुको मिलेमतोमा सरकारी कार्यालयमा भएको गडबडीको उजुरी टंगालसम्म पुगेको छ ।
तर, भ्रष्टाचारको धनले सधैभरी पोल्छ,यो समाजिक अपराध हो ।’ भनेर प्रत्येक व्यक्तिको मोवाइलमा रिङ टोन बजाउने टंगाल दरबारले त्यहाँ भएको भ्रष्टाचार छानबिनमा चासो देखाएको छैन ।
प्रंसग हो,राधेराधेस्थित यातायात कार्यालयमा भएको अनियमितताको । ट्रयाल दिने मान्छे क्यानडामा छ । यहाँ खेताला परीक्षार्थीले परीक्षा दिन्छ र लाइसेन्स हात पार्दछ । यस्तो गडबडीविरुद्ध उजुरी टंगालमा पुग्छ तर अख्तियारले छानबिनमा चासो नदिँदा बदमासी गर्नेहरुको हौसला झनै बढेको छ ।

बिज्ञापन

उक्त यातायात कार्यालयमा एजेन्टले ‘सेटिङ’ मिलाई कार, जिप (बी)को ट्रायल पासनै नभएकाहरुको पास गर्ने,ट्रायल नै नदिएका, विदेशमा भएका र मृतकका नाममा समेत लाईसेन्स बनाउने राधेराधेका कर्मचारीहरु अग्रसर देखिएको उजुरी अख्तियारसम्म पुगेको छ । २०८० असोज २३ गते बर्ग ‘बी’ को ट्रायल परीक्षा सि.न. १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उमेद्धारले परीक्षा दिए र उत्र्तीण पनि भए । सिन २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारियो । यस्का अलवा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको याताायातकै कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

त्यहाँका कर्मचारीहरुले ट्रयाल सेन्टरसँगको मिलेमतोमा अनुत्र्तीण भएकालाई उत्र्तीण गराउने,खेताला लगाएर परीक्षा दिइ लाइसेन्स दिने धन्दा चलिरहेको बताइन्छ । सो कार्यालयमा दैनिक मोटरसाइकलका १५,ह्याभी गाडीका ५ देखि ७ सम्म खेताला उमेद्धारले परीक्षा दिने काम गर्दै आएको उजुरी अख्तियारसम्म पुगे पनि कारवाही प्रक्रिया अगाडि बढेको छैन । आजीवन यातायातमै घुमेर जागिर खाएका अधिकृत छैटौंद्धय जीवन बस्नेत र विनोद बस्नेतहरु त्यहाँका हर्ताकर्ता कर्मचारी हुन । बस्नेतद्धय खोटाङका हुन । गाविस सचिवबाट जागिर प्रारम्भ गरेका तर छोटै समयमा आर्थिक रुपमा कुस्त कमाउन सफल भएका कर्मचारीका रुपमा चिनिन्छन् । मुलुकमा सुशासन कस्तो छ भन्ने कुरा बर्षौदेखि यातायात कार्यालयमा रजगज गर्दै आएका कर्मचारीबाट बोध गर्न सकिन्छ । निजामती सेवा ऐनले हरेक दुई बर्षमा सरुवा हुनुपर्ने प्रावधान राखिएको छ तर यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुले आफ्नो बपौतीजस्तो ठानी आजीवन यातायात त्यस्तै १५ बर्षदेखि जीवन कुमार बस्नेत विभिन्न यातायात कार्यालय घुमिरहेका छन् । पिएनदेखि जागिर शुरु गरेका विनोद बस्नेतले दश बर्षभन्दा बढी समय यातायात कार्यालयमै बिताइरहेका छन् । मेकानिलक इञ्जिनियर उत्तम बस्नेतले झण्डै दुई दशक यातायातमै बिताइसकेका छन् ।

यस अघि ०७९ सालको पछिल्लो तीन महिनाको लाइसेन्सको ट्रायल परीक्षामा अनुत्र्तीण भएकालाई  रकम लिएर पास गराए वापत्त गत बर्ष अख्तियारमा उजुरी परेको र सो बिषयमा सोही कार्यालयका १६ जना निजामती कर्मचारी र ट्रायल जाने ४१ जना ट्राफिकसँग अख्तियारले बयान लिए पनि मिलेमतोमा हालसम्म कारवाही नभएकोमा स्थानीयबासीहरुले ठूलो गुनासो पोखेका छन् । यस्ता रैथाने र भ्रष्ट आचारणमा मुछिएका कर्मचारीलाई आवश्यक छानबिनमा हाली स्वच्छ र निष्कंलक छविका कर्मचारीको व्यवस्था गर्न सरकारले किन सक्दैन भन्ने प्रश्न गर्दछ,त्यहाँ भेटिएका सेवाग्राहीहरु ।

बिज्ञापन

सो कार्यालयमा लिखित परीक्षा ३ सिफ्टमा चल्दछ । खोटाङ नै घर भएका करारका कम्युटर अपरेटर लिखितमा उठेको रकमको कलेक्टर हुन भनिन्छ । यिनीसँग इमान्दार कर्मचारी थुरुथुरु काम्दछन् । त्यहाँ  आकस्मिक कोषको स्थापना गरिएको छ । प्रत्येक सिफ्टबाट दैनिक ३ हजार आकस्मिक कोषमा जम्मा गरिन्छ । जुन रकम मन्त्रालयमा बुझाउन भनेर उठाइने गरेको कर्मचारीहरु बताउँछन् ।
त्यहाँ मोटरसाइकल,कारजीप र बसको ट्रायल हुन्छ । बाइक र गाडीबाट तीन हजार र ठूलो मेसिनबाट १२ हजार उठ्ने रकम उनीहरुले पेवा जसरी लिने गरेको आरोप त्यहाँका कर्मचारीहरुले लगाएका छन् । बजारमूल्यभन्दा बढीमा ल्याएको सामान संख्या बढी देखाएर कीर्ते बिल बनाएर स्टोरकिपरले माथिसम्म पुर्याएर बाढ्ने गरेको आरोप त्यहीका एकाथरी कर्मचारीको आरोप छ ।यो बिषयमा यातायात कार्यालय राधेराधेका हाकिम डण्डबहादुर बस्नेतसँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा अख्तियारमा उजुरी परेको भए प्रक्रिया अनुसार कारवाही प्रक्रिया अगाडि बढ्ला भन्ने गैरजिम्मेवारपूर्ण जबाह दिएर पन्छिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष