नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब नाफा कमाएयाे

काठमाडौं, माघ ०७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा  ५७.१८ प्रतिशतले बढेको छ । बैंकले यसअवधिमा खुद नाफा ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ८० करोडरुपैयाँ खुद नाफा कमाएको थियो ।

बिज्ञापन

१ वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा बढेको छ । खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड कायम भएको छ । बैंकको सञ्चालन नाफा भने ३३.६९ प्रतिशतले बढेर ४ अर्ब ४ करोड भएको छ ।

बिज्ञापन

यता, खराब कर्जा ०.४७ प्रतिशत विन्दुले बढेर १.६७ प्रतिशत कायम भएको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ०४ पैसाले बढेर १६ रुपैयाँ ६० पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ ।

पुस मसान्तसम्म आइपुग्दा यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ । जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ छ । यसको वितरणयोग्य नाफा भने २ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिता गिरी रेनुकाको तीन मुक्तक

पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

व्यङ्ग्यको ऐनामा समाज : इतिश्री उवाच

भौतिक मन्त्रालयको यात्रामा ‘ब्रेक’ लागेका सचिव दुइ सातापछि खानेपानीमा सरुवा

यातायात कार्यालयका १७ कर्मचारी र ट्राफिकको मोबाइल अख्तियारले गर्‍यो जफत

लुम्बिनी विकास कोषमा कानूनको सामूहिक हत्या : लेखा प्रमुखमाथि सरुवा, तलब रोक्का र प्रतिशोधको ताण्डव

आचारसंहिता उल्लघन गर्नेलाई अब जिल्लाबाटै डण्डा,सहायक सिडियोलाई दिइयो ‘पावर’

आठौं तहका अधिकृतसँग पौने सात करोड अवैद्य सम्पत्ति,श्रीमतीलाई समेत अख्तियारले बनायो प्रतिवादी

बिशेष