नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल जीओ अटोमोबाइल प्रालि र नेपालमा केई गाडीको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ३० वटा इकाइहरू सफलतापूर्वक वितरण गरिएको घोषणा पनि गरेको छ ।

बिज्ञापन

विहीबार एक कार्यक्रम आयोजना गरी लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ३० वटा गाडी हस्तान्तरण गरेका हुन् । दुबै कम्पनी केईको नेपालका लागि आधिकारिक वितरक हुन् ।

बिज्ञापन

अर्बान कम्युटरलाई लक्षित गरी निर्माण गरिएको मिनी ईभी ई–क्युट०४ ले ईन्ट्रि लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ । नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८।०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ ।
जसलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । साथै कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ ।

कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन–टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।

बिज्ञापन

सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर दिइएको छ । यसको सुरुवाती मुल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।

केई गाडी चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय छ । यो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटो, दुबै ईन्धनबाट चल्ने र विद्युतीय सवारी साधनहरू उत्पादन गर्न समर्पित छ । यसको पहुँच पूर्वी युरोप, मध्य पूर्वलगायत देशहरूमा निर्यात गर्दै अफ्रिका एवम दक्षिणपूर्वी एशियासम्म पुगेको छ ।

विहीबार वितरण गरिएका गाडी सहरी यात्रु र पर्यावरण–सचेत चालकहरूको लागि डिजाइन गरिएको कम्प्याक्ट तर शक्तिशाली विद्युतीय सवारी हो । यसको उन्नत प्रविधि, व्यावहारिक सुविधाहरू र किफायतीताले आधुनिक गतिशीलताको लागि उत्तम विकल्प मानिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष