निजी बैंकका कर्मचारी मन्त्रीको सल्लाहकार,समाचार आएपछि वोर्ड गायब

संस्थागत सुशासन कमजोर हुँदा बैंकको मुनाफा खुम्चदै गएको नबिल बैंकका एक पछि अर्काे कर्मचारी काँग्रेसी मन्त्रीको सल्लाहकार खाइरहेका छन् । पब्लिक लिमिटेड कम्पनीका कर्मचारीलाई के आधारमा कसरी मन्त्रालयमा काजमा खटाइएको छ ? यो बढो चासोको बिषय छ ।
पूर्वमन्त्री मोहन बस्नेतको सचिवलायमा बैंकका म्यानेजरलाई तानेर राजनीतिक सल्लाहकारको नियुक्ति दिएकै शैलीमा अहिलेका उर्जा मन्त्रीले न्यूरोड शाखाका एक कर्मचारीलाई अर्थ विज्ञका रुपमा मन्त्रालयमा भित्र्याएका छन् । काँग्रेस सांसद विनोद चौधरीको लगानी रहेको र सञ्चालक समितिमा जेठो छोरा निर्वाण सदस्य रहेको उक्त बैंकमा सिइओ ज्ञानेन्द्र ढुंगानाहरुले के आधारमा र कुन स्वार्थ पूर्तिका लागि बैंकका कर्मचारीलाई मन्त्रीका सल्लाहकारका रुपमा खटाइरहेका छन् ? प्रश्न उठ्न थालेको छ ।

बिज्ञापन

पछिल्लो समय उर्जा मन्त्री दीपक खड्काको सचिवालयमा नबिल बैंकका एक कर्मचारीलाई काजमा मन्त्रालयमा खटाएको पाइएको हो । सामान्यतयाः पब्लिक लिमिटेड कम्पनीका कर्मचारीलाई मन्त्रालयमा काज खटाइँदैन । नबिलका सिनियर म्यानेजर अमित श्रेष्ठ यसरी ऊर्जामन्त्री दीपक खड्काको सचिवालयमा खटाइएका हुन् । यस अघि नबिल बैंकका एक जना व्रान्च म्यानेजरलाई उसैगरी मन्त्रीको सचिवालयमा खटाइएको छ । नविल बैंकका उपल्ला तहका कर्मचारीलाई अहिले उसैगरी  अर्थ विज्ञका रुपमा अहिले मन्त्रालयमा कार्यकक्ष नै खडा गरेर राखिएको थियो ।  उनी बैंकको न्यूरोड शाखामा कार्यरत थिए । सो शाखाबाट उनलाई मन्त्रालयमा किन र के प्रायोजनका लागि लगिएको हो खुलेको छैन । उनलाई मन्त्रीले अर्थ विज्ञका रुपमा नियुक्ति दिएका छन् ।

बिज्ञापन

बैंक स्रोतका अनुसार,उनी कर्जा डिपार्टमेन्टका प्रमुख थिए । उनी मन्त्रीसँगै केही जलविद्युत परियोजनामा पार्टनर रहेको कारण त्यहाँ लगिएको उर्जा मन्त्रालय स्रोतको भनाई छ । यद्यपि यो आरोपको खण्डन गरेका छन्,श्रेष्ठले । आफू काजमा मन्त्रालयमा खटिएको भन्ने भनाई पनि असत्य रहेको,विना तलब मन्त्रीज्यूलाई सघाउन र राष्ट्रमा केही योगदान दिउँ भनेर सल्लाहकारको रुपमा काम गर्न आएको श्रेष्ठको दावी छ ।

कर्मचारी प्रेसले यो बिषयमा समाचार प्रकाशन गरे लगतै नबिल बैंकका कर्मचारी समेत रहेका अमित श्रेष्ठको बोर्ड मन्त्रालयबाट गायब बनाइएको छ । मन्त्रालयमा अमित श्रेष्ठ,अर्थ सल्लाहकारका रुपमा वोर्ड राखेको भए पनि समाचार प्रकाशन लगतै मन्त्रालयमा हल्लीखल्ली मच्चियो भने वोर्ड नै गायब बनाइएको हो । यदी नियत सफा थियो भने वोर्ड किन हटाउनु पर्ने थियो र ? उर्जा मन्त्रालयकै एक सहसचिव भन्छन् ।

बिज्ञापन

उसो त यस अघि मोहन बस्नेत स्वास्थ्यमन्त्री हुँदा नविल बैंकको ब्रान्च म्यानेजरलाई ल्याएर आफ्नो प्रमुख राजनीतिक सल्लाहकारका नियुक्त गरेका थिए । नविल बैंकमा कार्यरत विश्वरुप खड्कालाई प्रमुख सल्लाहकार बनाइएको थियो ।

यसरी सल्लाहकार नियुक्त गरिएको बिषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकले समेत अनैतिक र नियम विपरित भएको प्रतिक्रिया दिएको छ ।
यता,पूर्वप्रशासक शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीबाहेक मन्त्रीहरू कसैलाई पनि सल्लाहकार नियुक्ति गर्न आवश्यक नभएको बताए। ‘मन्त्रीको सल्लाहकार नै सचिव र सहसचिव हुन। त्यसैले सचिव र सहसचिवलाई बाइपास गरेर सल्लाहकार नियुक्ति गर्नु भनेको राज्य स्रोतको दोहन गर्नु हो’, उनले भने, ‘अन्य देशमा सल्लाहकार निश्चित प्रयोजनका लागि मात्र कार्यालय आउने, सम्बन्धित क्षेत्रमा रायसल्लाह दिने र फर्कने गर्छन् तर यहाँ सल्लाहकारले छुट्टै गाडी, कोठा, पिए राखेर महिनाबारी तलब बुझ्ने गरेका छन्, जुन गलत हो।’

उसो त यही बैंकका  जनकपुरस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुखलाई ठगी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ । म्यानेजर किशोर साहमाथि एक करोड ६० लाख रुपैयाँ ठगीको आरोप छ । उनकै शाखाका एक जना ग्राहकको खाताबाट फर्जी चेकमा रकम झिकेवापत साह पक्राउ परेका हुन् । गोलबजार नगरपालिका ४ को सीता फुड एण्ड बेभरेजकी सञ्चालिका सोमिन्द्राकुमारी साहले आफ्नो खाताबाट उक्त रकम झिकेको जाहेरी दिएकी थिइन् । सोमिन्द्राकुमारीले २०७८ सालमा उक्त बैंकबाट ऋण लिएको एक करोड ६० लाख रुपैयाँ खाताबाट झिक्नुआगावै म्यानेजर साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत् झिकेको बुझिएको छ । यसअघि उनी नेपाल बंगलादेश बैंक र नबिल बैंक मर्ज भएपछि केही समय मिर्चैयास्थित नबिल बैंकमा म्यानेजर थिए । यद्यपि बैंकले अहिले राजीनामा दिइ सकेको जबाफ दिएको छ ।

यो यही बैंक हो,जहाँ बैंकिङ वित्तिय अपराधको अभियुक्त नै बैंकको अडिट कमिटिमा राखिएको छ । भारतमा वित्तीय अपराधमा मुछिएका व्यक्ति नेपालमा भने राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त एक बैंकको सञ्चालक समिति सदस्य छन् । भारतमा वित्तिय अपराधमा संलग्न रहेको मलय मुखर्जी बोर्ड सदस्य रहेको भेटिन्छ । भारतको शारदा समूहद्वारा सञ्चालित ग्लोबल अटोमोबाइल्स लिमिटेड (जिएएल) लाई तत्कालीन इन्डियन बैंकको महाप्रबन्धक रहेका मलय मुखर्जीसहितको उच्च नेतृत्वले १ सय ७१ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । जिएएलले १२५ करोडको नक्कली स्टक देखाउँदै १ सय ७१ करोड ऋण लिने क्रममा मुखर्जीले सन् २०११ मा उल्लेख्य योगदान गरेका थिए । उनीविरुद्ध विभिन्न निकायमा दायर मुद्दा विचाराधीन छ ।

https://karmacharipress.com/2024/12/19/14632/

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष