निलम्बित कर्मचारीको तलब भुक्तानीमै ५१ लाख ४७ हजार

निलम्बित कर्मचारीहरुको तलब भुक्तानीमै राज्य कोषबाट ५१ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार विभिन्न समयमा निलम्बनमा परेका कर्मचारीहरुको तलब भुक्तानीका लागि भन्दै अर्थ मन्त्रालयले उक्त रकम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई थप रकम रकमान्तर निकासा गरेको हो ।

बिज्ञापन

पछिल्लो दुई बर्षमा १०५ कर्मचारी निलम्बनमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार,पछिल्ला दुई बर्षमा सहसचिव २, १३ जना उपसचिव, ३३ जना अधिकृत, ११ जना नायब सुब्बा र एक जना खरिदार गरि ६० जना कर्मचारी निलम्बनमा परेकामध्ये २३ जनाको निलम्बन फुकुवा भएको थियो ।

बिज्ञापन

सरकारले गत आर्थिक बर्षमा जगेडामा रहेका कर्मचारीको तलब भुक्तानीमा १८ करोड भुक्तानी गरेको थियो भने त्यस भन्दा अघिल्लो आर्थिक बर्षमा अतिरिक्त समूहमा रहेका कर्मचारीका लागि ११ करोड तलब भुक्तानी गरेको थियो ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राष्ट्र संघको मुख्यालय आयोजित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधि मण्डलका लागि ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिएको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष