मन्त्रीका सचिवालयमा धमाधम नविल बैंकका कर्मचारी,अख्तियार भन्छ ‘अनैतिक’

बैंकका कर्मचारीलाई केपी ओलीका मन्त्रीहरुले सल्लाहकारदेखि स्वकीयसम्म बनाएर भित्र्याउन थाले पछि आतंक मच्चिएको छ, सिंहदरबारतिर । ओली सरकारका एक मन्त्रीले कानुनविपरीत बैंकका कार्यकर्तालाई धमाधम सल्लाहकार, विज्ञदेखि सचिवालयमा भित्र्याएर कानुनकै धज्जी उडाएको भेटिएको छ । सुशासनका चर्का कुरा गर्ने केपी ओलीका मन्त्री दीपक खड्काले हो यसरी बैंकका कर्मचारीलाई लगेर सचिवालयमा राखेको । निजीतर्फ प्रशासनतर्फका कर्मचारीहरुले सहयोग गर्दै आएकोमा प्रशासनको धज्जी उडाउँदै स्वीकृत दरबन्दीभन्दा बाहिर बैंक तथा वित्त संस्थाका कर्मचारीलाई लगेर सचिवालयमा नियुक्ति गरिएको बिषयलाई लिएर अहिले सिंहरबारमा चर्चा हुने गरेको छ ।
पछिल्लो समय उर्जा मन्त्रीले नबिल बैंकका एक कर्मचारीलाई काजमा मन्त्रालयमा खटाएको पाइएको हो । सामान्यतयाः पब्लिक लिमिटेड कम्पनीका कर्मचारीलाई मन्त्रालयमा काज खटाइँदैन ।
नबिलका सिनियर म्यानेजर अमित श्रेष्ठ यसरी ऊर्जामन्त्री दीपक खड्काको सचिवालयमा खटाइएका हुन् । यस अघि नबिल बैंकका एक जना व्रान्च म्यानेजरलाई उसैगरी मन्त्रीको सचिवालयमा खटाइएको छ । नविल बैंकका उपल्ला तहका कर्मचारीलाई अहिले उसैगरी  अर्थ विज्ञका रुपमा अहिले मन्त्रालयमा कार्यकक्ष नै खडा गरेर राखिएको छ ।

बिज्ञापन

बिज्ञापन

उसो त यस अघि मोहन बस्नेत स्वास्थ्यमन्त्री हुँदा नविल बैंकको ब्रान्च म्यानेजरलाई ल्याएर आफ्नो प्रमुख राजनीतिक सल्लाहकारका नियुक्त गरेका थिए । नविल बैंकमा कार्यरत विश्वरुप खड्कालाई प्रमुख सल्लाहकार बनाइएको थियो । सोही समयमा मन्त्री शक्ति बस्नेतले समेत सरकारी बैंकका कर्मचारीलाई आफ्नो सचिवलायमा भित्र्याएका छन् । शक्ति बस्नेतले बैंकका कर्मचारीलाई कर्णाली प्रदेशबाट टिपेर आफ्नो सचिवालयमा ल्याएका थिए ।

कर्मचारी संकेत नम्बर १३०९५ भएका गगन लोहारलाई मन्त्रीको ठाडो आदेशमा राष्ट्रिय वाणिज्य बैंक प्रदेश कार्यालय कर्णालीबाट मन्त्रीको सचिवालयमा तानिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यसलाई अनैतिक भएको प्रतिक्रिया दिएको छ । मन्त्रीका सल्लाहकारका रुपमा मन्त्रालयको सरकारी काममा सहयोग पु¥याउन निजामती कर्मचारीभित्रैबाट निजी सचिवको व्यवस्था गरिएको हुन्छ भने निजी कामका लागि स्वकीय सचिव हुन्छन । तर मन्त्रीका सचिवालयमा अहिले नबिल बैंकका कर्मचारीहरु खटाइन थालिएको हो ।

बिज्ञापन

उसो त यो त्यही बैंक हो,जहाँ बैंकिङ वित्तिय अपराधको अभियुक्त नै बैंकको अडिट कमिटिमा देखिन्छन् । भारतमा वित्तीय अपराधमा मुछिएका व्यक्ति नेपालमा भने राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त एक बैंकको सञ्चालक समिति सदस्य छन् । विनोद चौधरीको लगानी रहेको बैंकमा भारतमा वित्तिय अपराधमा संलग्न रहेको मलय मुखर्जी बोर्ड सदस्य रहेको भेटिन्छ । भारतको शारदा समूहद्वारा सञ्चालित ग्लोबल अटोमोबाइल्स लिमिटेड (जिएएल) लाई तत्कालीन इन्डियन बैंकको महाप्रबन्धक रहेका मलय मुखर्जीसहितको उच्च नेतृत्वले १ सय ७१ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । जिएएलले १२५ करोडको नक्कली स्टक देखाउँदै १ सय ७१ करोड ऋण लिने क्रममा मुखर्जीले सन् २०११ मा उल्लेख्य योगदान गरेका थिए । उनीविरुद्ध विभिन्न निकायमा दायर मुद्दा विचाराधीन छ ।

भारतीय कानुन अनुसार आइपीसी धारा १२० को विरुद्धको अपराध मुद्दा चलेको व्यक्ति अहिले सो बैंकको नेतृत्वमा रहेको भेटिन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष