रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठीत अपराधको अर्काे मुद्धा चलाउन सिफारिस

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि थप दुई मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय, कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।
प्रहरीले तयार पारेको झण्डै ५ सय पृष्ट लामो प्रतिवेदनमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण मुद्धा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको हो । प्रतिवेदनमा रविले २१ करोडभन्दा बढीको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।

बिज्ञापन

प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको उक्त प्रतिवेदनमा लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ ।

लामिछाने गत २ कार्तिक देखि कास्की प्रहरीको हिरासतमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रिपरिषद् बिस्तार हुँदै,को को हुँदैछन् नयाँ मन्त्री ?

‘छिटो निर्णय, परिणाममुखी कार्यान्वयन’ : यस्ता छन् महानिर्देशक जैसीको ६ महिने कार्यप्रगति

स-परिवारसहित सुटुक्क अमेरिका किन पुगे धुर्मुस ?

बढुवा खान सुगमबाट दुर्गममा खरिदार र सुब्बाहरु खटाइसकेपछि तीन महिना सरुवा स्थगन

स्थायी सेवाका कम्युटर अपरेटर ‘जोकर फाल्तु’,करारकै कर्मचारीको उल्टो रजगज

प्रमुख प्रशासकीय अधिकृत,सब इन्जिनियरसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

लामो समयपछि न्याय : दुई सचिवले पाए राहत

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

बिशेष