रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठीत अपराधको अर्काे मुद्धा चलाउन सिफारिस

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेमाथि थप दुई मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय, कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीले विभिन्न तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ।
प्रहरीले तयार पारेको झण्डै ५ सय पृष्ट लामो प्रतिवेदनमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण मुद्धा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सम्पत्ति शुद्धीकरणमा मुद्धा चलाउन प्रहरीले सिफारिस गरेको हो । प्रतिवेदनमा रविले २१ करोडभन्दा बढीको शंकास्पद एवं गैरकानुनी कारोबार गरेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको हो ।

बिज्ञापन

प्रहरीले रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको उक्त प्रतिवेदनमा लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ ।

लामिछाने गत २ कार्तिक देखि कास्की प्रहरीको हिरासतमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

बिशेष