अदालतबाट दण्ड,प्रधानमन्त्रीबाट सम्मान

नक्कली नक्कली बिल बिजक बनाएर कर छलीछलेको आरोपमा दोषी ठहर भएको वरुण वेभरजले पछिल्लो सातामा सरकार प्रमुख र उपप्रमुको हातबाट सम्मान थापेको छ ।
नक्कली भ्याट विल प्रयोग गरेर करोडौं कर छलीमा मुछिएका वरुणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषतर्फ सबैभन्दा धेरै रकम योगदान गरेको भन्दै सम्मानीत गरेका हुन ।
मंसिर १ गते कर दिवसको अवसरमा उपप्रधानमन्त्री बिष्णु पौडेलद्धारा सम्मानित भएको थियो बरुण वेभरेज । यही कम्पनी कर छलीमा दोषी ठहर गरेको छ,हालैमात्र उच्च अदालत पाटनले । उच्च अदालतले बर्ष दिन अगाडि नै नक्कली बिल बिजक बनाएर कर छली गरेको प्रकरणमा बरुणलाई दोषी ठहर गरेको भए पनि हालैमात्र उच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको हो ।
उच्चका न्यायाधीशद्वय धीर बहादुर चन्द र जनक पाण्डेको इजलासले गरेको फैसलामा बरुण वेवरेज प्रालिले कुल २७ करोड १३ लाख ४१ हजार एक सय एक रुपैयाँ बिगो तिर्नुपर्ने उल्लेख छ ।

बिज्ञापन

बिज्ञापन

यस्तै फैसलामा कर छल्न मुख्य भूमिका खेल्ने सञ्चालकलाई कैदसहित जरिवाना हुने फैसला सुनाएको छ ।

उच्चले बिगो मूल्य अभिवृद्धि करतर्फ ९ करोड २८ लाख २७ हजार २१९, आयकरतर्फ १४ करोड २८ लाख ११ हजार १०६ र लाभांश करतर्फ तीन करोड ५७ लाख दुई हजार ७७६ रुपैयाँ तिर्नुपर्ने फैसला सुनाएको छ । यस्तै,तत्कालीन वित्त प्रमुख अमित गुप्ताको मुख्य भूमिकामा झुटो बिल विजक प्रयोग गरी राजस्व चुहावट गरेकाले उनलाई एक वर्ष कैद गरी एक करोड रुपैयाँ जरिवाना पनि असुल गर्न अदालतले आदेश दिएको छ ।

बिज्ञापन

सोही कम्पनीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । सामाजिक सुरक्षा कोष अन्तर्गत औद्योगिक उत्पादन क्षेत्रतर्फ बरुण बेभरेजले सबैभन्दा धेरै रकम योगदान गरेको भन्दै बरुण बेभरेज नेपाल प्रालिलाई सम्मानित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बरुण बेभरेजका ‘कन्ट्री हेड’ विशाल सिंह ठाकुरलाई प्रशंसापत्र प्रदान गरे ।

यस अघि यही कम्पनीलाई आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै शनिबार वरुण विभरेजलाई सम्मान गरेको हो।

 

 

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा वरुण विभरेज नेपालका फाइनान्स डाइरेक्टर सञ्जीव अरोरालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सम्मानपत्र पाएका थिए ।
सन् १९९५ मा स्थापना भएको वरुण विभरेज (नेपाल) प्रालि अमेरिकन बहुर्राष्ट्रिय कम्पनी पेप्सीको बोटलर कम्पनी हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

बिशेष