हाकिमको म्यासेजले हंगामा

काजिमान राईको जस्तै सहमतिमै कार्यालयमा यौनजन्य हर्कत पनि होइन । न त हो,डमरु निरौलाको झैं क्वार्टरमै चुम्माचाटी । यी घटनाहरु सहमतिमै भएका थिए तर यी कर्मचारीभन्दा पनि सिनियर  कर्मचारीले आफ्ना सहकर्मी कर्मचारीलाई आपत्तिजनक म्यासेज पठाएको खबर अहिले मिनभवनतिर ‘भुसको आगो’झैं फैलिएको छ ।

बिज्ञापन

हाकिमले आफ्नो सहकर्मी कर्मचारीलाई सिधै शारिरीक सम्पर्क राख्ने प्रस्तावसहितको म्यासेज पठाएपछि उक्त कार्यालयमा खैलाबैलामात्र मच्चिएको छैन कि ती हाकिमका छेउमा अन्य सहकर्मी महिलाहरु जानै समेत हिचकिचाउनु पर्ने अवस्था आएको छ ।

बिज्ञापन

यौन दुर्व्यहारमा मुछिएर दोहोरी गायक कृष्ण कँडेल, हाँस्यकलाकार पवन खतिवडादेखि एमाले नेता महेश बस्नेतसम्मले बर्बादी भोगिरहँदा एक जना सहसचिव उस्तै फण्डामा परेका छन । तर, ती पीडित कर्मचारी आफैं थप पीडामा पर्न चाहिनन् । उनले आफ्ना हाकिमलाई खुइल्याउनतिर  लागिनन् । ती हाकिमले आफ्ना मोवाइलमा पठाएका त्यस्ता अनिगिन्ति म्यासेजहरु प्रमाणका रुपमा सुरक्षित थिए । त्यसैलाई आधार मानेर मुद्धा मामिला गरेको खण्डमा उनको जागिरै जान सक्थ्यो तर उनले त्यस्ता हर्कतविरुद्ध लड्ने साहस गरिनन् । थप पीडित हुनुपर्ला भन्ने डरले र आफ्नो भविष्य हेरेर  बाटो लागेपछि तत्कालका लागि केश सामसुम भएको छ, त्यहाँ । तर केश सामसुम भए पनि ती हाकिमका बारेमा कुराकानी चलिरहेको छ ।

ती हाकिमले भने, आफूले बेहोसीमा पठाएको म्यासेज भनेर उम्कन खोजिरहेका छन् । केही साता अघि सहकर्मीहरु बोकेर पोखरातिर निस्किएका ती हाकिमले दारु पानी चढाए पछि नशाको तालमा आफ्नो सहकर्मीलाई यस प्रकारको म्यासेज पठाएको बताइएको छ ।

बिज्ञापन

तर पीडित भनिएकी महिला कर्मचारी मुद्दा मामिला, मिडियाबाजीतिर लाग्दा र यो बिषय चर्काउँदा आफ्नो करियरै चौपट्ट हुने देखिन् । यथेष्ट प्रमाण हुँदाहुँदै पनि मनभरि पीडा बोकेर उनी केही दिन अघि सरुवा मिलाएर अन्यन्त्रै हिडिसकेकी छिन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष