हाकिमको म्यासेजले हंगामा

काजिमान राईको जस्तै सहमतिमै कार्यालयमा यौनजन्य हर्कत पनि होइन । न त हो,डमरु निरौलाको झैं क्वार्टरमै चुम्माचाटी । यी घटनाहरु सहमतिमै भएका थिए तर यी कर्मचारीभन्दा पनि सिनियर  कर्मचारीले आफ्ना सहकर्मी कर्मचारीलाई आपत्तिजनक म्यासेज पठाएको खबर अहिले मिनभवनतिर ‘भुसको आगो’झैं फैलिएको छ ।

बिज्ञापन

हाकिमले आफ्नो सहकर्मी कर्मचारीलाई सिधै शारिरीक सम्पर्क राख्ने प्रस्तावसहितको म्यासेज पठाएपछि उक्त कार्यालयमा खैलाबैलामात्र मच्चिएको छैन कि ती हाकिमका छेउमा अन्य सहकर्मी महिलाहरु जानै समेत हिचकिचाउनु पर्ने अवस्था आएको छ ।

बिज्ञापन

यौन दुर्व्यहारमा मुछिएर दोहोरी गायक कृष्ण कँडेल, हाँस्यकलाकार पवन खतिवडादेखि एमाले नेता महेश बस्नेतसम्मले बर्बादी भोगिरहँदा एक जना सहसचिव उस्तै फण्डामा परेका छन । तर, ती पीडित कर्मचारी आफैं थप पीडामा पर्न चाहिनन् । उनले आफ्ना हाकिमलाई खुइल्याउनतिर  लागिनन् । ती हाकिमले आफ्ना मोवाइलमा पठाएका त्यस्ता अनिगिन्ति म्यासेजहरु प्रमाणका रुपमा सुरक्षित थिए । त्यसैलाई आधार मानेर मुद्धा मामिला गरेको खण्डमा उनको जागिरै जान सक्थ्यो तर उनले त्यस्ता हर्कतविरुद्ध लड्ने साहस गरिनन् । थप पीडित हुनुपर्ला भन्ने डरले र आफ्नो भविष्य हेरेर  बाटो लागेपछि तत्कालका लागि केश सामसुम भएको छ, त्यहाँ । तर केश सामसुम भए पनि ती हाकिमका बारेमा कुराकानी चलिरहेको छ ।

ती हाकिमले भने, आफूले बेहोसीमा पठाएको म्यासेज भनेर उम्कन खोजिरहेका छन् । केही साता अघि सहकर्मीहरु बोकेर पोखरातिर निस्किएका ती हाकिमले दारु पानी चढाए पछि नशाको तालमा आफ्नो सहकर्मीलाई यस प्रकारको म्यासेज पठाएको बताइएको छ ।

बिज्ञापन

तर पीडित भनिएकी महिला कर्मचारी मुद्दा मामिला, मिडियाबाजीतिर लाग्दा र यो बिषय चर्काउँदा आफ्नो करियरै चौपट्ट हुने देखिन् । यथेष्ट प्रमाण हुँदाहुँदै पनि मनभरि पीडा बोकेर उनी केही दिन अघि सरुवा मिलाएर अन्यन्त्रै हिडिसकेकी छिन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष