सेबोन अध्यक्षमा ३ जनाको सिफारिस, नियुक्ति पाउने मुक्ति कि सन्तोष ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । आइतबार सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

हिजोका लागि बोलाइएको अन्तर्वार्तामा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नबराज अधिकारी र चिरञ्जीवी चापागाईँलाई डाकिएको थियो तर अन्तर्वार्तामा सहभागी हुन अधिकारी र कार्की मात्र पुगेका थिए ।

बिज्ञापन

यसअघिको प्रक्रियामा सहभागी नभएका तीनजना उम्मेदवारको आज अन्तर्वार्ताका लागि बोलाइएको थियो । अघिल्लो पटक लागि बोलाउँदा छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी अचानक बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो । सो अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ तथा सन्तोष नारायण श्रेष्ठले यसअघि नै प्रक्रिया बमोजिम नै अन्तर्वार्ता दिइसकेका थिए । हिजो दुई सहित यस अघि दुई उमेद्धारसँग अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति लिइसकेपछि चार जनामध्ये समितिले उत्कृष्टताका आधारमा सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारी

बिज्ञापन

अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ । झण्डै एघार महिनादेखि रिक्त रहेको धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।
नियुक्तिका लागि सिफारिस भएकामध्ये सन्तोषनारायण श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएपछि सोमबार बस्ने मन्त्रिपरिषद् सन्तोषनारायण वा मुक्ति श्रेष्ठ मध्ये एक जनालाई वोर्ड अध्यक्ष नियुक्ति हुने सम्भवना रहेको स्रोतको भनाई छ । यी दुईमध्ये एकलाई विशाल ग्रुप र अर्काेलाई शंकर ग्रुपको साथ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष