सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन

काठमाडौं । आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटिले सरकारले मनपरी रुपमा कर लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले मनपरी कर आतंक बन्द गर्न माग गरे ।

बिज्ञापन

शनिबार काठमाडौंको शान्तिवाटिकामा कर आतंक बन्द गर, जनताले तिरेको कर कहाँ छ ? भन्ने नाराका साथ प्रदर्शन गरेका हुन् । सोही क्रममा आम जनता पार्टीको केन्द्रीय सचिव देवी पण्डितले सरकारको करका कारण व्यापारीहरु धरासाही अवस्थामा पुगेको भन्दै यसलाई रोक्नको लागि आवाज उठाएको बताइन्।

बिज्ञापन

उनले भनिन्, ‘आजको कार्यक्रमको मुख्य उद्देश्य भनेको व्यापार व्यवसायमा लगाइएको ‘अनावश्यक कर घटाउ, अर्थतन्त्र बचाउ’ भन्ने हो । व्यापार व्यवसायमाथि तीनै तहको सरकार मिलेर कर लगाइरहँदा व्यापारीहरु धरासायी अवस्थामा पुगेका छन् । त्यसैले पार्टीले कर विरुद्ध अथवा यसलाई रोक्नको लागि आवाज उठाएका हौं ।’यस्तै, उनले व्यापार गर्नको लागि सहज वातावरण निर्माण होस र करको कारणले व्यवसाय छोडेर विदेश जान नपरोस भनेर यो आन्दोलन गरेको भन्दै यस्ता कार्यक्रमहरु पार्टीले अगाडिदेखि नै गर्दै आएको बताइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष