हाकिमलाई मन्त्रीको प्रश्न :- ‘कार्यसम्पादन अघिल्लो बर्षको भन्दा पनि किन कमजोर ?’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वका कर्मचारीको कार्यसम्पादन कमजोर भएको भन्दै कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन निर्देशन दिएका छन् । मंसिर १ गते
राष्ट्रिय कर दिवस—२०८१ को अवसरमा अर्थमन्त्री पौडेलले कर्माचारीको कार्यसम्पादनमा असन्तृष्टि पोखेका हुन ।

बिज्ञापन

मन्त्री पौडेलले उत्कृष्ठ कार्यसम्पादन गर्ने तीन कार्यालय र १० कर्मचारीलाई सम्मान गरेसँगै कर्मचारीको कमजोर कार्यसम्पादनका कारण कर संकलन अपेक्षा अनुसार नभएकोमा चिन्ता पोखेका हुन ।

बिज्ञापन

मन्त्री पौडेलले अघिल्लो आर्थिक बर्ष र यस आर्थिक बर्षको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतीको तुलनात्मक अध्ययन गर्दा प्रगतीको अवस्था सन्तोषजनक रहेको बताएका हुन ।
अघिल्लो आर्थिक बर्षको असोज सम्ममा मूल्य अभिवृद्धि कर ननफाईलरतर्फ ३६ प्रतिशत रहेकोमा २०८१ असोजमा बढेर ३८ प्रतिशत पुगेको, कर परीक्षणको संख्या र निर्धारित कर रकम पनि न्यून रहेको, बजारमा बिलिङको अवस्था सन्तोषजनक नरहेको भन्दै मन्त्रीले असन्तृष्टि पोखेका हुन ।

यस्का अलवा बजार अनुगमनको संख्या गत वर्षको यसै अवधिको भन्दा निकै न्यून रहेको,बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगती लक्ष्य अनुरुप हुन नसकेको बताउँदै मन्त्री पौडेलले कर्मचारीहरुको कार्यसम्पादनस्तरमा थप सुधार ल्याउन निर्देशन दिएका हुन ।

बिज्ञापन

यस्का अलवा कर सङ्कलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित निकायहरूलाई निर्देशन दिए । सङ्घीयताले आर्थिक केन्द्रहरू बिस्तार भएपनि सो अनुपातमा राजश्व सङ्कलन बढ्न नसकेको बताउँदै उनले जिम्मेवार र जबाफदेही हिसाबले राजश्व सङ्कलनको काममा केन्द्रित हुन कर्मचारीहरूलाई निर्देशन दिएका हुन ।
मन्त्री पौडेलले राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचक अनुरुपको प्रगती हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न सिंगो कर परिवार एकै दिशा, समान लक्ष्य र तीब्र गतिका साथ कार्यसम्पादनमा लाग्न पनि निर्देशन समेत दिएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

बिशेष