प्रचण्डको क्याविनेटमा संयोग :- ज्वाई-ससुरा,सालो -भिनाजु पालैपालो

पछिल्लो समय नेपाली राजनीतिमा परिवारवाद हाबी भएको देखिन्छ। यस अघि एकै घरका श्रीमान श्रीमती पालै पालो मन्त्री बनेर रेकर्ड राखेका हुन रघुविर महासेठले । महासेठमात्र होइन आलो पालो श्रीमान श्रीमती नै मन्त्री बन्नेमा रामबहादुर थापा–नैनकला थापा,शेरबहादुर तामाङ–उषाकला राई,अनिल झा डिम्पल झा,सत्या पहाडी शक्ति बस्नेत,वर्षमान पुन–ओनसरी घर्तीहरुको नाम अग्रपक्तिंमा आउँछ । यी त एउटै पार्टीमा रहेर लाभका पदमा पुगेकाहरु हुन ।अलग अलग पार्टीमा हुँदा पनि यस्तो संयोग जुरेको छ,यस पटक । प्रचण्डको अघिल्लो क्याविनेटमा ससुरा मन्त्री थिए । उनी मन्त्री पदबाट हटे लगतै उनका ज्वाई मन्त्रीका रुपमा पहिलो पटक सिंहदरबार भित्रिने अवसर पाएका छन् । यस्तै अघिल्लो पटक प्रचण्डकै क्याविनेटमा बैंकरलाई मन्त्री बनाइएको थियो उनी मन्त्रीबाट हटे लगतै उनका भिनाजुले उपप्रधान सहितका भौतिक मन्त्रालय पाएका छन्,त्यो पनि क्याविनेटमा दोश्रो मर्यादाक्रममा रहनेगरी ।

बिज्ञापन

तर राजनीतिमा कहिलेकाही अनौठा संयोग पनि जुर्छन । अघिल्लो पटक प्रचण्डको क्याविनेटमा ससुरा मन्त्री थिए । १९ पटक मन्त्री बनेर रेकर्ड कायम गरेका शरदसिंह भण्डारी विदेशमै हुँदा उनको मन्त्री पद गुमिसकेको थियो । राजनीतिमा नयाँ समीकरण बनेसँगै एमाले,माओवादी,रास्वपा,एकीकृत समाजवादीका २० मन्त्री बनेका छन् । जसमा उनकै ज्वाई विराजभक्त श्रेष्ठ पहिलो पटक मन्त्री बन्ने अवसर पाएका छन् ।

बिज्ञापन

उता यस अघि नै पालो पालो श्रीमान श्रीमती नै मन्त्री बन्ने सौभाग्य पाएका रबुवीर महासेठलाई यस पटक उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । ओली क्याविनेटमा भौतिक पूर्वाधार मन्त्री हुँदा उनैले राम्रो काम गर्न नसकेको आरोपसहित हटाएका रघुविर पुन एमालेबाट सरकारको नेतृत्व गर्दै क्याविनेटमा पुगेका छन् । यस अघि रबुविरलाई हटाउँदा जुलीकुमारी महतो महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनाइएको थियो ।जसपाको कोटाबाट वन मन्त्री बनेका वीरेन्द्र महत्तो बैंकर समेत हुन । नाताले उनको भिनाजु हुन रघुविर महासेठ । जसै पूरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्यो । बीरेन्द्र मन्त्री पदबाट हटिसकेका छन् र क्याविनेटमा रघुविर भित्रिएका छन् । मन्त्रिपरिषद् विस्तार गरिँदा जसपाबाट मन्त्रीहरुको नाम पठाउन बाँकी छ ।ती पार्टीले शरद्सिह भण्डारी र वीरेन्द्रलाई नै दोह्रोएको खण्डमा एउटै क्याविनेटमा ज्वाई ससुरा,सालो भेना नै मन्त्री हुने अवसर जुट्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

पुर्पक्षका लागि कारागार चलान भए क्यानका महानिर्देशक प्रदीप अधिकारी

अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

बिशेष