चिलिमे हाइड्रोपावरको नाफा बढ्यो

चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिज्ञापन

विद्युत् बिक्री आम्दानीले नाफामा सामान्य योगदान पुगेको देखिन्छ । यस्तो आम्दानी पहिले ३४ करोड २८ लाख रुपैयाँ रहेकोमा अहिले ३६ करोड १८ रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ५१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ छ ।

बिज्ञापन

कम्पनीले सान्जेन जलविद्युत् आयोजना, रसुवागढी हाइड्रोपावर तथा मध्यभोटेकोशीजस्ता ठूला आयोजनामा समेत लगानी गरेको छ । यी तीनै आयोजना करिब सम्पन्न भएका छन् । तीनै आयोजनामा प्रशारणलाइन तथा विद्युत् जडान कार्य भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

बिशेष