इच्छाराजलाई छुटाउन १० करोड बार्गेनिङ्ग गर्ने अधिवक्तालाई नसिहत

व्यवसायी इच्छाराज तामाङ्गलाई छुटाउन १० करोड बार्गेनिङ्ग गर्ने एमाले वकिललाई बार काउन्सिलको नसिहत दिएको छ ।

बिज्ञापन

अदालत बिग्रियो,न्यायाधीशहरुले बेन्च सपिङ्ग गर्न थाले भन्दै न्यायालय सुधारको आन्दोलन गरेका वकिलहरु नै न्यायाधीश र न्याय किन्ने दलालीको भूमिकामा देखिए। सिभिल सहकारीमार्फत् सर्वसाधारणको आठ अर्ब बढी रुपैयाँ ठगी गरेको आरोपमा पुर्पक्षको निम्ति जेलमा रहेका इच्छाराज तामाङलाई जेल पर्नै नदिन एमाले निकट वकिलहरुले चलखेल गरेको अडियो नै सार्वजनिक भयो । नेपाल बारका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार कोइरालासँग तामाङलाई छुटाइदिन करोडौं रकमको बार्गेनिङ गरेको अडियो छरपस्ट भएको थियो । एमाले कानुन विभाग सदस्यको जिम्मेवारीमा रहेका पोखरेल पहिले उच्च अदालत पाटन बारको अध्यक्ष थिए ।

बिज्ञापन

न्यायाधीश र वकिलबीच भएको अडियो संवादमा न्यायाधीश कोइरालाले तामाङलाई ५० करोड धरौटीमा छाड्न आदेश दिने तयारी गर्दै गर्दा कोइरालाले १० करोड रुपैयाँमा छुटाउन बिचौलियाको काम गरेको देखिन आएको थियो । त्यसो गर्दा न्यायाधीशलगायतलाई दुई करोड रुपैयाँ प्राप्त हुने सन्देश दिइएको पनि सुनिन्छ । झण्डै १० मीनेटको टेलिफोन सँवादमा सर्वोच्चका ठूलाबडा श्रीमानदेखि जिल्ला अदालतका मुख्य न्यायाधीशसम्म सेटिङको कुरो गरिएको छ ।

अडिओ सार्वजनिक भएपछि न्याय परिषद्ले कोइरालाउपर छानबिन गरेको थियो। न्याय परिषद्ले भने उनले घुस खाएको प्रमाणित नभएको, अडिओमा भएको कुराकानीअनुसार आदेश पनि नगरेको तर न्यायाधीशको पदीय मर्यादाविपरीत मुद्दामा संलग्न कानुन व्यवसायीसँग कुराकानी गरेको देखिएको न्याय परिषद्को छानबिनको निष्कर्ष निकालेको हो ।

बिज्ञापन

कानुन व्यवसायी परिषद्ले यो प्रकरणमा पोखरेललाई नसहित दिने निर्णय गरेको हो ।परिषद्को निर्णयमा भनिएको छ यस परिषद् अन्तर्गतको अनुशासन समितिको मिति २०८१।०७ २५ गते बसेको बैठकले अधिवक्ता रुद्र प्रसाद पोखेल प्रमाणपत्र नम्बर ५४५६० लाई कानुन व्यवसायीको आचारसहिता, २०५१ को नियम ३ (१) (क) (ङ) र (छ) बमोजिमको कसुरमा नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा ११ को उपदफा (३) को देहाय खण्ड (क) बमोजिम नसिहतको सजाय गर्ने’ निर्णयमा उल्लेख छ।

ठगी र संगठित अपराधमा समातिएकामध्ये अरु १० जना चार महिनापछि धरौटीमा छुटे पनि विशेष अदालतले गत वर्षको माघमा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष र र उनकी श्रीमती सृजना शाक्य तामाङलाई डेढ वर्ष कैद सजाय हुने फैसला गरेको छ। बिगो र जरिवाना गरी तामाङ परिवारबाट ५ अर्ब ५२ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने ठहर अदालतको छ।

पूर्वसांसद तामाङ सहकारीको रकम अपचलन, सम्पत्ति शुद्धीकरण लगायत कसुरका अभियुक्त हुन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

पुर्पक्षका लागि कारागार चलान भए क्यानका महानिर्देशक प्रदीप अधिकारी

अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

बिशेष