चन्द्र ढकाल समूहले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागेको केवलकारको बिषयलाई लिएर झडप भएको छ । निर्माण पक्षधर र विरोधी पक्षबिच शुक्रबार भएको झडपमा ४ जना घाइते भएका छन्। केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखेको थियो । शिलान्यासका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए । स्थानीयहरुले पाथीभरामा केवल निर्माण गर्न नमिल्ने भन्दै ढुंङ्गामूढा गरेका हुन ।
सो क्षेत्रमा केवलकार निर्माण गर्न दिनु हुँदैन भन्दै मक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् ।
बिज्ञापन
स्थिति यस्तो छ कि व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा पाइहाल्छन । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल बागलुङ्गे एउटा व्यापारीले हालसमम केवलकारकै नाममा विभिन्न पाँच वटा स्थानका जग्गा कौडीको भाउमा हात पारिसकेका छन् ।
बिज्ञापन
०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । चितवनको कुरिनटारको चेरेबाट गोरखाको मनकामना मन्दिरसम्म २ दशमलव ८ किलोमिटरको लामो केवलकार सञ्चालनको १७ बर्षपछि चन्द्र ढकालको आँखामा प¥र्यो चन्दागिरी डाँडो । भोलेश्वर बाबाको नाममा ०७३ सालमा चन्द्रागिरी केवलकार सञ्चालनमा ल्याए । शासकदेखि प्रशासकहरुलाई हातमा लिएर उनले कौडीको भाउमा चन्द्रागिरी डाँडो नै हात पारेका छन् । तत्कालीन वनमन्त्री दीपक बोहरालाई प्रयोग गरी कौडीको चन्द्रागिरीको डाँडो नै हत्याएका थिए । उनले प्रतिरोपनी रु २१ मा ४० बर्षसम्मका लागि लिजमा हत्याउन सफल भएका छन् । ३६ रोपनी जमिन कौडीको भाउमा हात पारेका हुन ढकालले । सम्झौता पत्र अनुसार चन्द्रागिरी केवलकारले शुरुको वर्षमा वार्षिक १ लाख ८० हजार अर्थात प्रति महिना २१ रुपैयाँ तिर्ने गरी सम्झौता भएको भेटिन्छ । कौडीको भाउमा ३६ हजार हेक्टर जमिन हत्याएर ढकालले त्यहाँ अहिले केवलकार, भ्युटावर, रिसोर्टलगायत विभिन्न उद्योग चलाउँदै आएको छ ।
यस पछि चन्द्र ढकाल केवलकारमा लगानी गर्न हौसिदै आएका छन् । ढकालको समूहले बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार,नवलपरासीको मौलाकालिकामा, पोखरा,कर्णालीको चिसापानी,स्वर्गद्धारीमा केवलकार बनाउने खेलोमेलो मिलाइसकेका छन् ।यस्तै ढकालकै लगानीमा अर्को केवलकार निर्माण हुँदैछ सिक्लेस अन्नपूर्ण केबलकार प्रालिले मादी गाउँपालिका–१ को सिक्लेस गाउँस्थित प्वरयुममा तल्लो स्टेसन, वडा नम्बर २ को धर्मशालानजिक बीचको स्टेसन र वडा नम्बर २ कै डाँडामा माथिल्लो स्टेसन रहने गरी ६ दशमलव ४१६ किलोमिटर लामो केबलकार निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । यो कम्पनीलाई केबलकार निर्माणका लागि विस्तृत वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्न मन्त्रिपरिषद्ले २०७८ असोज १४ मा स्वीकृति दिने निर्णय गरेको थियो । यो केबलकार अन्नपूर्ण संरक्षण आयोजनाभित्र पर्दछ । पर्यावरणका हिसाबले संसारकै चर्चित पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्ग रहेको चर्चित अन्नपूर्ण संरक्षण आयोजनाले ओगट्ने क्षेत्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको मातहतमा पर्छ । तर, व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा दिनु भनेको बदमासी भएको पूर्व प्रशासकहरु टिप्पणी गर्दछन् ।
पूर्व मुख्य सचिव तथा हाल योजना आयोगका सचिव बैकुण्ठ अर्याल,मधुकुमार मरासिनी,एकनारायण अर्याल,पेमनारायण कँडेल चन्द्र ढकालका हितमा काम गर्ने प्रशासकहरु हुन भनिन्छ । उनै ढकालले पेमनारायण कँडेल सचिव हुँदा उनीसँग सेटिङ्ग मिलाएर अधिकांश ठाउँमा केवलकार खोल्दै आएका छन् ।
ढकालले ताप्लेजुङमा बनाउन लागेको पाथिभरा दर्शन केवलकार प्रा लि निर्माण गर्न लाग्दै छन् । त्यहाँ स्थानीयको अवरोध जारी छ । स्थानीयको अवरोधका बीच पनि ढकालको समूह केवलकार निर्माण प्रक्रिया अगाडि बढाउन खोजिरहेको छ । ०७५ पुस १६ को मन्त्रिपरिषद्को बैठकले ताप्लेजुङ्गको प्रशिद्ध धार्मिक स्थल पाथिभरासम्म केवलकार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको थियो । २ बर्षसम्ममा निर्माण नगरे स्वत अनुमति रद्ध हुने सम्झौता थियो । तर लामो समयसम्म ओगटेर बसेका ढकालले त्यहाँ केवलकार निर्माण प्रक्रिया अगाडि बढाएसँगै स्थानीय मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिसहित विभिन्न समूहले त्यहाँ विरोध गरिरहेको छ ।
संरक्षित क्षेत्रभित्रका भौतिक पूर्वाधार निर्माण एवं सञ्चालनसम्बन्धी कार्यनीति, २०६५ मा नेपाल सरकारको राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाबाहेक अन्य आयोजना सञ्चालन गर्न राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको जग्गा उपलब्ध नगराइने उल्लेख छ । ढकाल यतिले अझैं अघाएका छैनन् । उनी सातै प्रदेशमा सात वटा केवलकार निर्माण गर्ने घोषणा गर्दै हिडिरहेका छन् ।