विदेश जाँदा मन्त्री, फर्कंदा निवर्तमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी संयुक्त अरब इमिरेट्सको दुबईमा छँदै पदमुक्त भएका छन् । १९ फागुनमा दुबई उडेका मन्त्री भण्डारी नफर्किंदै उनको पद धरापमा परेको हो । काँगेस र माओवादीको सत्ता गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री पद धरापमा परेको हो ।
भण्डारी वैदेशिक रोजगार व्यवयायी संघले हिजो आयोजना गरेको ‘दुबई रोजगार मेला’को उदघाटनका लागि त्यता पुगेका थिए । कार्यक्रममा भाग लिन श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलगायत वैदेशिक रोजगार व्यवसायीहरू दुबई गएका छन् ।

बिज्ञापन

नयाँ मन्त्रिमण्डल पुनर्गठन गरेपछि भण्डारी विदेशमा रहँदै पदमुक्त भएका छन् । उनी आज राति स्वदेश फर्कने कार्यक्रम छ ।

बिज्ञापन

यसअघि परराष्ट्रमन्त्री एनपी साउद हिजो साँझ विदेश जानबाट रोकिएका थिए । राति काठमाडौंबाट फिनल्याण्डको हेलसिन्की उड्न ठिक्क परेको समयमा उनको भ्रमण स्थगित भएको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरण : पूर्व उपसचिव र नासु धरौटीमा रिहा

विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा हुँदै

नेपाली सेनाका २२ जना कर्नेलहरुको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रकाशित भयो एसईईको नतिजा,कसरी हेर्ने ?

वीमा प्राधिकरणको अध्यक्षमा ‘अयोग्य’ पुडासैनीलाई स्टाफ कलेजको जिम्मेवारी

अनिवार्य अवकाशमा गएको तीन सातामै पूर्व सचिव विष्टलाई लाभको पद

भेप आयात र बिक्री गर्न उच्च अदालतको अनुमति

प्रधानमन्त्रीको स्पेन भ्रमण : तीन सचिवसहित सहभागी हुँदैछन् यी कर्मचारी

बिशेष