विदेश जाँदा मन्त्री, फर्कंदा निवर्तमान

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी संयुक्त अरब इमिरेट्सको दुबईमा छँदै पदमुक्त भएका छन् । १९ फागुनमा दुबई उडेका मन्त्री भण्डारी नफर्किंदै उनको पद धरापमा परेको हो । काँगेस र माओवादीको सत्ता गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री पद धरापमा परेको हो ।
भण्डारी वैदेशिक रोजगार व्यवयायी संघले हिजो आयोजना गरेको ‘दुबई रोजगार मेला’को उदघाटनका लागि त्यता पुगेका थिए । कार्यक्रममा भाग लिन श्रमसचिव केवल प्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूलगायत वैदेशिक रोजगार व्यवसायीहरू दुबई गएका छन् ।

बिज्ञापन

नयाँ मन्त्रिमण्डल पुनर्गठन गरेपछि भण्डारी विदेशमा रहँदै पदमुक्त भएका छन् । उनी आज राति स्वदेश फर्कने कार्यक्रम छ ।

बिज्ञापन

यसअघि परराष्ट्रमन्त्री एनपी साउद हिजो साँझ विदेश जानबाट रोकिएका थिए । राति काठमाडौंबाट फिनल्याण्डको हेलसिन्की उड्न ठिक्क परेको समयमा उनको भ्रमण स्थगित भएको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

बिशेष