अन्तर्वार्ता बंक हानेका तीनै उमेद्धार छिरे अर्थ मन्त्रालय

झण्डै ९ महिनादेखि धितोपत्र वोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया शुरु भएको छ । सो कुर्सीमा पुग्नका लागि १९ उमेद्धारले रुची देखाएका थिए तर सर्ट लिष्टमा परे पाँच जना । पाँचमध्ये पनि तीन उमेद्धारले अन्तर्वार्ता प्रक्रिया बहिष्कार गरेसँगै प्रक्रिया लम्तान बन्न पुगेको थियो । यस अघि  अन्तर्वार्ता  बहिष्कार गरेका तीनै जना उमेद्धार आज अन्तर्वार्ताका लागि सिंहदरबार छिरेका छन् ।

बिज्ञापन

यस अघि एमाले र माओवादी सरकार हुँदा बर्षमान पुनको समयमा अगाडि बढेको अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत लगातार भएको २ पटकको प्रस्तुतीकरणमा ३ जना अनुपस्थित भएका थिए । अध्यक्षका लागि कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं अनुपस्थित रहदा नियुक्ति प्रक्रिया लम्बेतान बन्न पुगेकोथियो । यस अघि नै मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठको प्रस्तुतीकरण समितिले हेरिसकेको अवस्थामा प्रधानमन्त्री र अर्थमन्त्री विदेश भएको मौका छोपेर अर्थ सचिवले धितोपत्र वोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइदिएका थिए ।

बिज्ञापन

गत ९ असोजमा निकालिएको विज्ञापनमा बाँकी तीन जना उमेद्धारलाई अन्तर्वार्तामा आउनका लागि आह्वान गरिएको थियो ।

अध्यक्ष रमेश हमालको ०८० पुस २० गते कार्यकाल सकिएपछि ९ महिनादेखि उक्त कुर्सी रिक्त छ । यसअघि प्रचण्ड सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव मधुकुमार मरासिनी र उदय निरौला सम्मिलित समिति गठन गरेको थियो । उक्त समितिले १९ उम्मेदवारमध्येबाट पाँच जनालाई सर्ट लिष्टमा राख्यो । जसमा चिरञ्जीवी चापागाँई, मुक्ति श्रेष्ठ, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ थिए । जसमध्ये सन्तोष नारायण श्रेष्ठ दीपक भट्टका खास हुन् । सर्ट लिष्टमा छानिएकामध्ये माओवादीनिकट मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले अन्तर्वार्ता दिँदा डा अधिकारी, कार्की र चापागाईंले बहिष्कार गरेका थिए । अर्थमन्त्री चीनतिर उडेको पर्सिपल्ट धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइएकोमा यस अघि अन्तर्वार्ता हापेका तीनै जना उमेद्धार अहिले प्रस्तुतिकरणका लागि सिंहदरबार पुगिसेका छन् ।

बिज्ञापन

अहिले छनोट समितिको संयोजक छन्, शिवराज अधिकारी, योजना आयोगका उपाध्यक्ष । सदस्य सदस्यमा डा रामप्रसाद घिमिरे र विज्ञ सदस्यको रुपमा उदय निरौला ।
सर्ट लिष्टमा परेका र यस अघि अन्तर्वार्ता बहिष्कार गरेकामध्ये नवराज अधिकारी,कृष्ण कार्की र यस अघि नै वीमा प्राधिकरण चलाएका चिरञ्जीवी चापागाईंले अन्तर्वार्ता दिन तीनैजना पुगेका छन् । जसअध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकारी हुन भने धितोत्रप बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी दुबै कर्मचारी हुन । यसअघि, उनीहरूले दुई पटकसम्म व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता अस्वीकार गरेका थिए । अहिले उनीहरु  अन्तर्वार्ता दिन सिंहदरबार प्रवेश गरेको बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष