नापी सर्वेक्षक चौलागाई अख्तियारको फन्दामा

कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

आयोगले आइतबार घुसररिसवत लिई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।चौलागाईंसँगको मिलोमतोमा लेखापढी व्यवसयी पोखरेलले सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका थिए। पोखरेलले लिएको एक लाखमध्ये पचास हजार आफूले राखेर बाँकी पचास हजार सर्वेक्षक चौलागार्ई दिने तयारीमा थिए।

बिज्ञापन

आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदावी गरेको छ । त्यस्तै गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइएको छ । त्यस्तै चौलागाईविरुद्ध ५० हजार बिगो कायम हुने गरी कैद सजायको मागदावी लिइएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

कितावखानाको सेवा अब ‘नागरिक एप’ मा : PIS प्रणाली पुनःसञ्चालन, सेवा डिजिटलरुपमा विस्तार

खतिवडाकाे गुनासाेः ‘छलफलमा कानुन र सामान्य प्रशासन मन्त्रालयका अधिकारी आएनन्’

संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी

संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

बिशेष