नापी सर्वेक्षक चौलागाई अख्तियारको फन्दामा

कलंकीस्थित नापी कार्यालयमा सर्वेक्षकको रुपमा कार्यरत लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवामा लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिज्ञापन

आयोगले आइतबार घुसररिसवत लिई भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।चौलागाईंसँगको मिलोमतोमा लेखापढी व्यवसयी पोखरेलले सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेका थिए। पोखरेलले लिएको एक लाखमध्ये पचास हजार आफूले राखेर बाँकी पचास हजार सर्वेक्षक चौलागार्ई दिने तयारीमा थिए।

बिज्ञापन

आयोगले पोखरेलविरुद्ध बिगो ५० हजार कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजायको मागदावी गरेको छ । त्यस्तै गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइएको छ । त्यस्तै चौलागाईविरुद्ध ५० हजार बिगो कायम हुने गरी कैद सजायको मागदावी लिइएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

नासुदेखि पूर्व प्रधानमन्त्रीसम्मको सम्पत्ति छानबिन हुँदै

सरुवामा असन्तुष्टि: बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

बर्खाअघि नै भत्किएका सडक : जुम्लामा डिभिजन कार्यालय मौन, ठेकेदार हावी

खरिदार,नासु,शाखा अधिकृत,उपसचिवसहित ६९ कर्मचारीको सरुवा

बिशेष