राज्यमन्त्रीका दुई पद आजैदेखि रिक्त

सरकारमा सहभागी रहेका तीन राज्यमन्त्रीमध्ये दुई जना आजबाट बिदा हुँदैछन् । प्रचण्ड नेतृत्वको सरकारमा रहेका २२ मन्त्री र ३ जना राज्यमन्त्रीहरु रहेका छन् । तीमध्ये दुई आजैबाट बिदा हुन लागेका हुन । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,भौतिक पूर्वाधार तथा यातायात र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीरहेका छन् । तीमध्ये दुई आजबाट बिदा हुन लागेका हुन ।

बिज्ञापन

आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । ६ वर्षे कार्यकाल समाप्त भएका राष्ट्रियसभाका अध्यक्षसहितका २० सांसद आजैबाट बिदा हुँदा नेकपा एस र जसपाको कोटाबाट सांसद हुँदै मन्त्री बनेका प्रमिला र नन्दा घर जान लागेका हुन ।

बिज्ञापन

२०७४ सालमा निर्वाचित एमालेबाट अध्यक्षसहित ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एसबाट २, जसपाबाट १, स्वतन्त्र १ र राष्ट्रपतिबाट मनोनीत विमला राई पौडेल समेत गरी २० सांसद बिदा हुन लागेका हुन् । ६ वर्ष कार्यकाल बिताएका उनीहरू आजैदेखि बिदा हुने र सोमबार नयाँ १९ सांसदहरुले शपथ लिनेछन् भने थप एक जना राष्ट्रपति रामचन्द्र पौडेलले मनोनीत गर्नुहुनेछ।

आज बिदा हुन लागेकाहरुमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका दीपा गुरुङ, इन्दु कडरिया, दिलकुमारी रावल थापा, पार्वती कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई रहेका छन् । यस्तै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ, माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन्। उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरुवा सूची गुपचुप राखेर ‘सेटिङ’को आरोप, सामान्य प्रशासनमा सुशील पनेरुको दबदबा

अख्तियारमा परेका उजुरीमध्ये १९ प्रतिशत सङ्घीय मामिला तथा सामान्य प्रशासनसँग सम्बन्धित

निजामती विधेयकमा लोकसेवाको राय कुर्दै सरकार : यस्ता छन् चार दर्जन नयाँ प्रावधान

सुब्बादेखि उपसचिव तहका सयौं कर्मचारीको सरुवा,सूची गुपचुप

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

सचिव पराजुलीको अख्तियारमा पोष्टिङ,नेपाल ट्रष्टमा दवाडी,तीन निकाय अझैं सचिवविहिन

स्थानीयदेखि प्रदेशका ४१ कार्यालयका ९३ करोड बजेट फुकुवा

चौथोदेखि दशौं तहका १७५ कर्मचारीको सरुवा (सूचीसहित)

बिशेष