सशस्त्रद्वारा लोड गरेको पेस्तोल बरामद

सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीले आज गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवाबाट मेड इन यूएसए लेखिएको एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरिएको हो ।

बिज्ञापन

बोर्डर आउट पोष्ट सखुअवाबाट शुक्रबार साँझ ८ बजे खटिएको गस्ती टोलीले चेक प्वाइन्ट थापेर जाँच गर्ने क्रममा हतियार बरामद भएको छिन्नमस्ता बाहिनीका नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र शाहले बताए। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एक्स ७७१३ भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई अपरिचित व्यक्ति चेकिङमा रहेका सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर भाग्ने क्रममा उनीहरुले बोकेको हतियार खसेको थियो । ती दुवै व्यक्ति भारततर्फ नै फरार भएका छन् ।

बिज्ञापन

गोली लोड भएको अवस्थामा पेस्तोल बरामद भएपछि कसैलाई मार्ने उद्देश्यले आएको हुनसक्ने आकलन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष