इकुको मानव तस्करी धन्दा,परे प्रहरीको फन्दा

कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकरलाई पक्राउ गरेको हो ।

बिज्ञापन

कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगेपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

इकुले क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा कलाकार भिसामा लगिदिने र त्यहाँ गएपछि आकर्षक कमाइ हुने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको आरोप छ ।उनको एसएमएस फिल्म प्रालिको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्न लगाइ विदेशी मुलुकमा भीसाका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भीसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी भइरहेको बताउने र लामो समयसम्म झुलाउने गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले सुलेमानलाई पक्राउ गरेको हो ।
इकुलाई यस अघि गत कात्तिकमा उनीसहितको टोली जुवातास खेलेको आरोपमा पक्राउ परेका थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशपछि १५–१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई छोडिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर शंकरमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष