ईसेवाले २ लाख रुपैयाँसम्म ऋण दिने, क-कसले पाउँछन्

भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो ।

बिज्ञापन

ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड पोइन्ट, ग्राहक ईसेवामा आवद्ध भएको समय र क्याशब्याकको आधारमा कम्पनीले स्कोरकार्ड तयार पारेको छ । यही स्कोरकार्डको आधारमा ग्राहक ऋण पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गरिने कम्पनीले जनाएको छ । त्यसैका आधारमा ग्राहकले ऋण माग गर्न सक्नेछन् ।

बिज्ञापन

पहिलो चरणमा कम्पनीले ऋण लिन सकिने सेवा एजेन्टका लागि मात्र उपलब्ध गराएको छ । उनीहरूले आफ्नो स्कोरकार्डका आधारमा बढीमा दुई लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ ।

बिज्ञापन

ईसेवाले कर्जा प्रवाह सेवाका लागि कुमारी बैंक लिमिडेट र फोनलोनसँग सहकार्य गरेको छ ।

निकट भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरुलाई ‘इजी लोन’ सेवा दिने ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । ईसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई अनलाइन भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष