४३ सहसचिवको सरुवा तथा पदस्थापन

सरकारले ४३ सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । लामो रस्साकस्सी पछि ४३ सहसचिवको सरुवा टुंग्याइएको हो । जसमा २९ जना उपसचिवबाट सहसचिवमा बढुवा भएर उनीहरुको पदस्थापन गरिएको हो । बाँकी १४ सहसचिवहरुको सरुवा गरिएको हो ।

बिज्ञापन

पदस्थापन गरिँदा हालै उपसचिवबाट सहसचिवमा उक्लिएका गोपाल कोइराला र मिमांस अधिकारीका कारण लफडा निस्किएको थियो । उनीहरु दुबैलाई प्रदेशमा खटाइएको छ । गोपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा खटाइँदा मिमासंलाई प्रदेश योजना आयोग,कोशी प्रदेशमा खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,खिम बहादुर रायमाझीलाई गृह मन्त्रालय वा अन्तरगत पदस्थापन गरिएको छ । यस्तै,सुवास चन्द्र सिवाकोटी अर्थ मन्त्रालय,मधेश प्रदेशमा पदस्थापन गरिएको छ । यस्तै,खिम बहादुर कुँवरको प्रदेश योजना आयोग,लुम्बिनी प्रदेश,जय बहादुर भण्डारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तरगत खटाइएको छ । विष्णु प्रसाद पौडेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश,विनोद लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तरगत खटाइएको छ । हेटौंडाको प्रमुख प्रशासकीय रहेका शिव राज चौलागाई सरुवामा परेका छन् उनलाई राष्ट्रिय दलित आयोगमा पुर्याइएको छ । यस्तै राम बाबु पुरीलाई शिवको ठाउँमा खटाइएको छ । यस्का अलवा केशव राज ढकाल प्रदेश प्रमुखको कार्यालय लुम्बिनी प्रदेशमा खटाइएको छ । सरुवाको सूची अनुसार,कमान सिंह खत्रीलाई आर्थिक मामिला मन्त्रालय सूदुरपश्चिम, विष्णु प्रसाद ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासनमै राखिएको छ । नारायण ढकाल गृह मन्त्रालयमा पदस्थापन हुँदा पुष्कर न्यौपाने प्रदेश लोक सेवा आयोग सूदुरपश्चिम पठाइएका छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयका सहसचिव तुलसी नाथ गौतम लोकसेवा आयोग पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बद्ध बहादुर गुरुङले गृहमा इन्ट्री मारेका छन् । सूदुरपश्चिम प्रदेशबाट अरुण पोखेल पनि गृहमै भित्रिएका छन् । यस्तै नर बहादुर थापाले पनि गृहमै पदस्थापन हुँदा गोपिकृष्ण कोइराला लोकसेवा आयोगमा खटाइएको छ ।

सरुवाको सूची अनुसार ध्रुव बहादुर खड्का पनि गृहमै पुगेका छन् । यस्तै शिक्षा सेवाका भोजराज शर्मा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशबाट शिक्षा मन्त्रालयमा,भोजराज शर्माको स्थानमा दीर्घबहादुर पोखरेललाई खटाइएको छ ।
यस्तै तीर्थ धिताल प्रदेश लोकसेवा आयोग,कोशी,राजुराम कडरियाले प्रदेश झर्नु परेको छैन । उनले गृहमै इन्ट्री पाएका छन् । सन्तोष धिताल लोकसेवा आयोग,सूर्य खत्री गृह मन्त्रालय,ऋृषि राज आचार्यले पनि गृहमै प्रवेश पाएका छन् । लुम्बिनी प्रदेश अर्थ मन्त्रालयबाट केदारनाथ शर्मा पनि गृहमै तानिएका छन् । रामकृष्ण पुडासैनी मधेश प्रदेशबाट अख्तियार,अख्तियारबाट कोषहरि निरौला गृहमा भित्रिएका छन् । खानेपानी मन्त्रालयबाट अर्जुन गौतम मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा खेदिएका छन् । गृहबाट नवराज सापकोटा खानेपानीमा पठाइएको छ । यस्का अलवा चक्रपाणी पाण्डे गृहबाट बाहिरिएका छन् । उनलाई प्रदेशको सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।
सरुवाको सूची अनुसार,चुणामणि पौडेललाई कामु सचिवबाट निमित्त सचिवका रुपमा कर्णाली प्रदेशमा थन्काइएको छ । यस्तै,दीपक कुमार दास शहरी विकास मन्त्रालयबाट मधेश प्रदेशमा खटाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय रामबहादुर केसीलाई अर्थ मन्त्रालय लुम्बिनी प्रदेशमा खटाइँदा कोशी प्रदेशबाट अरुण झा खानेपानी मन्त्रालयमा ल्याइएको छ । प्रदीप् वान्तवा उर्जा मन्त्रालयबाट कोशी प्रदेशमा खटाइएको छ । माधवजंग कार्की शहरी विकास,माधव प्रसाद भट्टराईलाई भौतिक मन्त्रालय,लुम्बिनी प्रदेश,सुनिल पौडेललाई उर्जा मन्त्रालयमा ल्याइदा भीमार्जुन पाण्डे शहरी मन्त्रालयमा पुगेका छन् ।

बिज्ञापन

suchi saruwa

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

कुलिङ पिरियडको चलखेलमा मुछिएका सभापतिको प्रतिक्रिया : “छानबिन समिति बनेपछि जिम्मेवारी छाड्छु”

११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

बिशेष